Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

✍ परिकला न्यूज
जेष्ठ १, २०८२ मा प्रकाशित
‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

इटहरी/ आउँदो जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’को टिमले मंगलबार राति अचानक सामाजिक सञ्जालमा एकै प्रकारको रहस्यमय पोस्ट गरेपछि नेपाली फिल्म उद्योग र दर्शकबीच विभिन्न अड्कलबाजी सुरु भएको छ । फिल्मका निर्देशक दिनेश राउतसहित प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङलगायतले एकसाथ आ-आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्यांश लेखेका थिए ।

यो साझा र अर्थपूर्ण स्ट्याटस सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल तातेको थियो । खासगरी चलचित्रकर्मी, दर्शक र सञ्चारकर्मीहरूले यसको आशयबारे प्रश्न उठाउन थालेका छन् । के यो फिल्म प्रदर्शनअघिको कुनै विशेष प्रचार रणनीति हो, वा यसले फिल्मसँग जोडिएको कुनै गहिरो सत्यलाई सङ्केत गरेको हो भन्नेबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । प्राप्त जानकारी अनुसार, फिल्म ‘महाभोज’ सहकारी ठगी प्रकरणमा आधारित कथावस्तुमा निर्माण भएको छ ।

फिल्मको विषयवस्तुलाई लिएर प्रमुख अभिनेता दयाहाङ राईले दिएको एक अभिव्यक्तिले पनि यस रहस्यलाई थप गहिर्याएको छ । उनले भनेका छन्, “नेपालमा आर्थिक क्रान्तिको सपना बोकेर सहकारीहरू स्थापना भए, तर त्यसकै पहुँचमा रहेका केही व्यक्तिले सर्वसाधारणको गाढा पसिनाको पैसा लुटे । ‘महाभोज’ त केवल फिल्म होइन, एक यथार्थ प्रश्न हो।”
कलाकारहरूको ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने साझा भनाइलाई कतिपयले सहकारी पीडितहरूप्रति ऐक्यबद्धताको रूपमा पनि बुझेका छन् ।

@parikalanewsofficial

स्ट्याटसमा कुनै व्यक्ति वा संस्थाको नाम तोकिएको छैन, तर यसको गाम्भीर्यताले फिल्मले कुनै संवेदनशील विषय वा ठूला व्यक्तित्वहरूलाई पर्दाफास गर्न लागेको त होइन भन्ने प्रश्न उब्जिएको छ । फिल्मको कथा, यसको पृष्ठभूमि र अहिले कलाकारहरूले एकै स्वरमा बोलेको यो रहस्यमय वाक्यले ‘महाभोज’ ले केवल मनोरञ्जन मात्र नभई समाजको कुनै लुकाउन खोजिएको यथार्थलाई पर्दामा ल्याउने प्रयास गरेको सङ्केत गर्दछ ।

त्यो ‘सत्य’ के हो? के फिल्मले कुनै वास्तविक घटनामाथि प्रकाश पार्दैछ ? वा यसले गर्दा फिल्ममाथि कुनै किसिमको दबाब सिर्जना भएको छ ? यी सबै प्रश्नहरुको उत्तर अब ‘महाभोज’ प्रदर्शन भएपछि मात्र स्पष्ट हुनेछ । तर, अहिलेलाई यो साझा पोस्टले नेपाली फिल्म वृत्तमा एउटा कौतूहल र बहसको वातावरण सिर्जना गरेको छ, जसले पर्दामा आउन लागेको ‘सत्य’ प्रति दर्शकहरूको उत्सुकता बढाएको छ ।

अगाडिकाे पाेस्ट

किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

अर्काे पाेस्ट

फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शनअगावै अष्ट्रेलियामा अधिकार बिक्री

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana