काठमाडौँ/ आउँदो दशैँको फूलपातीमा रिलिज गर्ने घोषणा गरेदेखि प्रतिक्षित बनिरहेको नेपाली फिल्म ‘महाराजधिराज’को निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । प्रतिक्षित यो फिल्ममा यतिबेला कलाकारहरु अनुबन्ध हुने क्रम जारी रहँदा निर्माण पक्षले आफ्नो लाइनअपलाई थप बलियो बनाएको छ ।
यसै क्रममा, निर्माण पक्षले बिहीबार लोकप्रिय नायिका वर्षा शिवाकोटीलाई फिल्ममा अनुबन्ध गरेको छ । यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह जस्ता चर्चित कलाकारहरु यो फिल्ममा जोडिसकेका छन् । वर्षाको प्रवेशले फिल्मको स्टारकास्टलाई थप उचाइ दिएको छ । यो सशक्त लाइनअपले ‘महाराजधिराज’मा स्टार कलाकारहरुको बाहुल्यता रहने स्पष्ट सन्देश दिएको छ ।

चिनिएका अनुहारहरुको उपस्थितिले गर्दा फिल्मप्रति दर्शकको अपेक्षा चुलिएको छ । ‘महाराजधिराज’मा अभिनेता जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ । यो फिल्मको निर्देशन परिच्छेद सेनले गर्दैछन् । यसअघि उनको निर्देशनमा बनेको ‘प्रेमगञ्ज’ले समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाएको थियो ।
@parikalanewsofficial
‘महाराजधिराज’को लेखन पनि निर्देशक सेन स्वयंले नै गरेका हुन् । विराज बिष्ट प्रस्तुतकर्ता रहेका छन् भने बिष्टले यसअघि राष्ट्रिय अवार्ड विजेता फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । ‘महाराजधिराज’को निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् । फिल्मको आधिकारिक पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ ।














Discussion about this post