काठमाडौं/ नेपाली फिल्म उद्योगका ‘महानायक’ राजेश हमाल लामो समयपछि दमदार एक्सन अवतारमा फर्किँदा कस्तो देखिनेछन् भन्ने दर्शकको प्रतिक्षाले यतिबेला नयाँ उचाइ पाएको छ । बहुप्रतिक्षित फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलर सार्वजनिक भएसँगै नेपाली फिल्म बजारमा नयाँ तरङ्ग छाएको हो । काठमाडौको सिभिल मलमा आयोजित एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरले युट्युबमा धमाका मच्चाउँदै सार्वजनिक भएको १५ मिनेटमै ट्रेन्डिङमा पर्न सफल भएको छ ।
यो समाचार तयार गर्दैगर्दा सार्वजनिक ट्रेलर युट्युब ट्रेण्डिङको मुभी क्याटोगरीमा तेश्रो स्थान कब्जा गरेर बसेको छ भने १६ घण्टामा ४ लाख ८५ हजार बढी भ्युज पाइसकेको छ । २४ हजार बढी लाईक पाएको सार्वजनिक ट्रेलरमा ३ हजार सकारात्मक कमेन्ट प्राप्त भएको छ । धेरैले राजेश हमालको कमब्याक सहित एक्सन अवतार फिल्म हलमा हेर्न आतुर रहेको लेखेका छन् । फिल्मको सार्वजनीक ट्रेलर एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित छ, जसले दर्शकलाई बाँधेर राख्ने सामर्थ्य राख्छ । हेर्नुस् ट्रेलर।
ट्रेलरमा राजेश हमालको सशक्त उपस्थिति र राज कटुवालसँगको एक्सन दृश्य विशेष आकर्षण बनेको छ, जसलाई दर्शकले निकै रुचाउने छन् । साथै, फिल्ममा रहेको पारिवारिक कथावस्तुले पनि दर्शकको मन छुने पक्का देखिन्छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमालका साथमा नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह लगायत ठूलो संख्यामा दिग्गज तथा नयाँ कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मको मुख्य भूमिकामा अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का र समाइरा थापा पनि छन् । चन्द्र पन्तको कथा रहेको यस फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी तथा राजु थापाको डीओपी रहेको छ ।
@parikalanewsofficial
करण सिंह प्रोडक्सन म्यानेजर रहेको फिल्ममा समिर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारी एसोसियट निर्देशक रहेका छन् । नेम महर्जनको लगानीमा बनेको यो फिल्मका निर्माताहरु दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने हुन् । ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया र युट्युब ट्रेन्डिङले दर्शकमा फिल्म प्रति रहेको व्यग्रता स्पष्ट पारेको छ । यसैले, आगामी जेठ ९ गतेबाट रिलिजमा आउन लागेको ‘नरसिंहाः अवतार’ ले बक्स अफिसमा धमकेदार ओपनिङ गर्ने बलियो सम्भावना देखिएको छ ।














Discussion about this post