Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

महानायक राजेश हमालको एक्सनले भरिपूर्ण ‘नरसिंहाः अवतार’ ट्रेलर युट्युब ट्रेण्डिङमा

✍ परिकला न्यूज
बैशाख २६, २०८२ मा प्रकाशित
महानायक राजेश हमालको एक्सनले भरिपूर्ण ‘नरसिंहाः अवतार’ ट्रेलर युट्युब ट्रेण्डिङमा

काठमाडौं/ नेपाली फिल्म उद्योगका ‘महानायक’ राजेश हमाल लामो समयपछि दमदार एक्सन अवतारमा फर्किँदा कस्तो देखिनेछन् भन्ने दर्शकको प्रतिक्षाले यतिबेला नयाँ उचाइ पाएको छ । बहुप्रतिक्षित फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलर सार्वजनिक भएसँगै नेपाली फिल्म बजारमा नयाँ तरङ्ग छाएको हो । काठमाडौको सिभिल मलमा आयोजित एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरले युट्युबमा धमाका मच्चाउँदै सार्वजनिक भएको १५ मिनेटमै ट्रेन्डिङमा पर्न सफल भएको छ ।

यो समाचार तयार गर्दैगर्दा सार्वजनिक ट्रेलर युट्युब ट्रेण्डिङको मुभी क्याटोगरीमा तेश्रो स्थान कब्जा गरेर बसेको छ भने १६ घण्टामा ४ लाख ८५ हजार बढी भ्युज पाइसकेको छ । २४ हजार बढी लाईक पाएको सार्वजनिक ट्रेलरमा ३ हजार सकारात्मक कमेन्ट प्राप्त भएको छ । धेरैले राजेश हमालको कमब्याक सहित एक्सन अवतार फिल्म हलमा हेर्न आतुर रहेको लेखेका छन् । फिल्मको सार्वजनीक ट्रेलर एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित छ, जसले दर्शकलाई बाँधेर राख्ने सामर्थ्य राख्छ । हेर्नुस् ट्रेलर।

ट्रेलरमा राजेश हमालको सशक्त उपस्थिति र राज कटुवालसँगको एक्सन दृश्य विशेष आकर्षण बनेको छ, जसलाई दर्शकले निकै रुचाउने छन् । साथै, फिल्ममा रहेको पारिवारिक कथावस्तुले पनि दर्शकको मन छुने पक्का देखिन्छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमालका साथमा नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह लगायत ठूलो संख्यामा दिग्गज तथा नयाँ कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको मुख्य भूमिकामा अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का र समाइरा थापा पनि छन् । चन्द्र पन्तको कथा रहेको यस फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी तथा राजु थापाको डीओपी रहेको छ ।

@parikalanewsofficial

करण सिंह प्रोडक्सन म्यानेजर रहेको फिल्ममा समिर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारी एसोसियट निर्देशक रहेका छन् । नेम महर्जनको लगानीमा बनेको यो फिल्मका निर्माताहरु दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने हुन् । ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया र युट्युब ट्रेन्डिङले दर्शकमा फिल्म प्रति रहेको व्यग्रता स्पष्ट पारेको छ । यसैले, आगामी जेठ ९ गतेबाट रिलिजमा आउन लागेको ‘नरसिंहाः अवतार’ ले बक्स अफिसमा धमकेदार ओपनिङ गर्ने बलियो सम्भावना देखिएको छ ।

अगाडिकाे पाेस्ट

कोशी प्रदेशमा ‘उनको स्वीटर’ भव्य ओपनिङको संकेत, दर्शकको उत्साहजनक अग्रिम बुकिङ

अर्काे पाेस्ट

फिल्म ‘महाराजधिराज’मा वर्षा शिवाकोटीको इन्ट्री, बलियो बन्दै लाईनअप

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana