Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कोशी प्रदेशमा ‘उनको स्वीटर’ भव्य ओपनिङको संकेत, दर्शकको उत्साहजनक अग्रिम बुकिङ

✍ सुवास संकल्प
बैशाख २५, २०८२ मा प्रकाशित
कोशी प्रदेशमा ‘उनको स्वीटर’ भव्य ओपनिङको संकेत, दर्शकको उत्साहजनक अग्रिम बुकिङ

इटहरी/ भोलि अर्थात वैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘उनको स्वीटर’ ले कोशी प्रदेशमा शानदार सुरुवात गर्ने देखिएको छ । पूर्वी नेपालको पाँचथरको रमणीय परिवेशमा आधारित यो सामाजिक कथानक फिल्मले प्रेम र मानवीय सम्बन्धको न्यानो कथा प्रस्तुत गर्ने बताइएको छ ।धरान, इटहरी, दमक र विर्तामोडका फिल्म हलहरूले भोलिका लागि निर्धारण गरेको २० भन्दा बढी शोहरूमध्ये केही शो आजै हाउसफुलको नजिक पुगेका छन् भने अधिकांशमा अग्रिम बुकिङ उत्साहजनक रहेको छ ।

प्राप्त जानकारी अनुसार, धरानस्थित फ्रेन्ड्स सिनेमाको दिउँसो १:१५ बजेको शोलाई “विशेष शो” को रूपमा आयोजना गरिने भएको छ, जहाँ आमन्त्रित अतिथिहरूको उपस्थिति रहनेछ । यता, इटहरीमा सञ्चालनमा रहेको एकमात्र फिल्म हल, इलाइट सिनेमाले ‘उनको स्वीटर’ लाई एउटा मात्र शो उपलब्ध गराएको भएता पनि उक्त शो लगभग हाउसफुलको संघारमा पुगेको छ । हल सञ्चालकहरूले दर्शकहरूको मागलाई मध्यनजर गर्दै शो थप्ने तयारी गरिरहेको बताइएको छ ।

@parikalanewsofficial

नविन चौहानद्वारा लिखित तथा निर्देशित यो फिल्म आर्टमाण्डु प्रोडक्सनको पहिलो फिचर फिल्म हो । फिल्ममा विपिन कार्की र मिरुना मगरले मुख्य भूमिका निभाएका छन् । साथै, फिल्ममा सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स (पारस), परीक्षा लिम्बू लगायतका कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ ।

फिल्मको कथा पाँचथरबाट सुरु भई भारतको पश्चिम बंगालको सीमासम्म पुग्छ । फिल्मले नेपालको सांस्कृतिक विविधता, सामाजिक परिवेश र दैनिक जीवनका रंगहरूलाई समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन् । प्रदर्शनअघि सार्वजनिक भएका फिल्मका गीतहरू ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ ले दर्शकहरूको मन जितिसकेका छन् । सुजन चापागाईं र झुमा लिम्बूको संगीत रहेको यी गीतहरूले फिल्मप्रति दर्शकहरूको उत्सुकतालाई थप बढाएको छ । ‘उनको स्वीटर’ ले प्रदर्शनअघि नै पाएको यो सकारात्मक प्रतिक्रिया र दर्शकहरूको उत्साहजनक अग्रिम बुकिङले फिल्मको सफलताको बलियो संकेत गरेको छ ।

अगाडिकाे पाेस्ट

विराज भट्टपछि सुशील श्रेष्ठ फिल्म ‘राम नाम सत्य’मा अनुबन्ध

अर्काे पाेस्ट

महानायक राजेश हमालको एक्सनले भरिपूर्ण ‘नरसिंहाः अवतार’ ट्रेलर युट्युब ट्रेण्डिङमा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana