Sunday, April 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अष्ट्रेलियापछि शोभित बस्नेतको ‘पीआर’ नेपालमा, धम्पुसबाट थालियो दोस्रो सेड्युल

✍ परिकला न्यूज
बैशाख २४, २०८२ मा प्रकाशित
अष्ट्रेलियापछि शोभित बस्नेतको ‘पीआर’ नेपालमा, धम्पुसबाट थालियो दोस्रो सेड्युल

काठमाडौं/ नेपाली फिल्म उद्योगमा फरक प्रस्तुति दिने प्रयास स्वरुप निर्देशक शोभित बस्नेतले आफ्नो नयाँ फिल्म ‘पीआर’ को दोस्रो सेड्युलको छायांकन नेपालमा सुरु गरेका छन् । फिल्मको मुख्य हिस्सा, करिब ६० प्रतिशत छायांकन अष्ट्रेलियाका आकर्षक लोकेसनहरुमा सफलतापूर्वक सम्पन्न गरेर केही दिनअघि मात्रै निर्देशक बस्नेत स्वदेश फर्किएका थिए । अब बाँकी ४० प्रतिशत दृश्यहरु नेपालमै खिचिने क्रममा कास्कीको मनमोहक पर्यटकीय स्थल धम्पुसबाट दोस्रो सेड्युलको छायांकन थालिएको हो ।

हालै धम्पुसमा फिल्मको एक वैवाहिक दृश्य कैद गरिएको छ । सो दृश्यमा नेपाली फिल्म उद्योगका दुई सशक्त कलाकार नीर शाह र गौरी मल्लका साथमा युवा कलाकार दिक्पाल कार्की र विनिता कार्कीले अभिनय गरेका छन् । निर्देशक बस्नेतले फिल्मको कथावस्तुको मागअनुसार नै छायांकनलाई अष्ट्रेलिया र नेपालमा विभाजन गरिएको र सोही अनुसार काम भइरहेको जानकारी दिए । धम्पुसमा अहिले धमाधम छायांकन चलिरहेको र त्यसपछि पोखरा, चितवन लगायतका नेपालका अन्य सुन्दर ठाउँमा पनि फिल्मका दृश्यहरु खिचिने योजना रहेको उनले बताए ।

सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माताको रुपमा जोडिएका छन् ।

@parikalanewsofficial

‘पीआर’मा संगीत संयोजन मानस राज र भिम बिसीले गरेका छन् भने नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ । फिल्मको कथा निर्देशक बस्नेत आफैंले लेखेका हुन् भने त्यसलाई गणेश बुढाथोकीले पटकथा र संवादमा ढालेका छन् ।
छायांकनतर्फ अष्ट्रेलियाको पाटो सौरभ मानन्धरले सम्हालेका थिए भने नेपालको छायांकनको जिम्मेवारी सौरभ लामाले लिएका छन् । फिल्मलाई बन्दे प्रसादले सम्पादन गर्नेछन् । रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ मुख्य सहायक निर्देशकको भूमिकामा छन् भने केवल मान सिंह बस्नेतले निर्माण व्यवस्थापकको कार्यभार सम्हालेका छन् ।

अगाडिकाे पाेस्ट

मिलन चाम्सको ‘सुम्निमा’मा उपासना फाइनल, उनका लागी बेलायतको हिरो खोजिँदै

अर्काे पाेस्ट

प्रदीप खड्कालाई शर्मिला पाण्डेको फिल्ममा अफर, उनले ६ महिनापछि समय दिनसक्ने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान
कलिउड न्युज

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

✍ सुवास संकल्प
बैशाख १३, २०८३ मा प्रकाशित
0

...

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै
कलिउड न्युज

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

✍ परिकला न्यूज
बैशाख १३, २०८३ मा प्रकाशित
0

...

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित
‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

बैशाख ११, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

बैशाख १३, २०८३ मा प्रकाशित
बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बैशाख १३, २०८३ मा प्रकाशित
कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana