इटहरी/ टेलिभिजन गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि चुमेका गायक करण परियारले आफ्नो पहिलो मौलिक सृजना लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । उनले स्वयं शब्द रचना, संगीत संयोजन र स्वर दिएको ‘सम्झना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । यो गीतमा करणलाई अर्का गायक रोहित सुन्दासले स्वरमा साथ दिएका छन् ।
नेपाल आइडल जितेपछि विभिन्न गीतमा स्वर दिएका करणका लागि ‘सम्झना’ आफ्नै कलम र संगीतबाट सिर्जित पहिलो गीत हो । यस गीतको सार्वजनिकसँगै करणले अब निरन्तर रुपमा आफ्ना नयाँ सृजनाहरु आफ्नै आधिकारिक युट्युब च्यानलबाट पस्कँदै जाने योजना बताएका छन् । उनले केही नयाँ प्रोजेक्टहरुमा समेत काम गरिरहेको जानकारी दिए । हेर्नुस् भिडियो ।
करणले आफूलाई नेपाल आइडलको विजेता बनाउनुहुने सम्पूर्ण दर्शकहरुको माया र साथप्रति आभार व्यक्त गर्दै उनीहरुकै लागि पनि आफूले अझ राम्रा र मौलिक गीतहरु बनाउनुपर्ने जिम्मेवारी महसुस गरेको बताए । यो आफ्नै भित्री चाहना पनि भएको उनले थपे ।
@parikalanewsofficial
‘सम्झना’ गीतको भिडियोलाई सुजन श्रेष्ठले निर्देशन गरेका हुन् । वान टेक शैलीमा खिचिएको यस भिडियोमा करण र रोहित स्वयं फिचर्ड छन् । भिडियोको छायांकन सुशान ठटालले गरेका हुन् भने पंकज महराले खिचेका हुन् । भिडियोको सम्पादन र कलर करेक्सनको काम सुशिल घिमिरेले गरेका छन् ।















Discussion about this post