Saturday, April 25, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘महाभोज’ गीत: मलिका महतको बिहेमा गीत गाउँदै छमछमी नाचे निश्चल बस्नेत

✍ परिकला न्यूज
बैशाख २२, २०८२ मा प्रकाशित
‘महाभोज’ गीत: मलिका महतको बिहेमा गीत गाउँदै छमछमी नाचे निश्चल बस्नेत

इटहरी/ यही आउँदो जेठ १५ गते देखि प्रदर्शनको मिति घोषणा गरेको नेपाली फिल्म ‘महाभोज’ यतिबेला चर्चामा छ । दर्शकमाझ प्रतीक्षित बनेको यस फिल्मको गीत ‘लालुमै’ आइतबार एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । काठमाडौमा गरिएको गीत लञ्च कार्यक्रममा फिल्म निर्माण टिमका सदस्यहरू, कलाकारहरू र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो ।

निर्देशक तथा अभिनेता निश्चल बस्नेत र लोकप्रिय गायिका अस्मिता अधिकारीको सुमधुर आवाजमा सजिएको ‘लालुमै’ गीतमा हर्क साउदको मर्मस्पर्शी शब्दहरू रहेका छन् । गीतमा कोसिस क्षेत्री र केतन क्षेत्रीको सङ्गीत, पुष्कर खत्रीको एरेञ्ज र केतन क्षेत्रीकै रेकर्ड प्रोडक्सन रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र गीतका एक गायक निश्चल बस्नेत स्वयंले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।

कोरियोग्राफर सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको भिडियोले दर्शकको मन जित्न सफल भएको छ । विशेष गरी, भिडियोमा मलिका महतको बिहे समारोहको रमाइलो माहोल कैद गरिएको छ । जहाँ परिवार, साथीभाइ र गाउँलेको उपस्थितिमा खुसीयाली साटिएको देख्न सकिन्छ । मोडल कमल सिंहले भिडियोमा मलिका महतसँग बिहे गर्दै गरेको भूमिकामा विशेष उपस्थिति जनाएका छन् । हेर्नुस् भिडियो ।

गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशक दिनेश राउतले ‘महाभोज’ले नेपाली समाजमा गहिरो जरा गाडेको वर्ग सङ्घर्ष र पैसाले मानिसको सम्बन्ध र नैतिकतामा पार्ने दबाबको यथार्थ चित्रण गर्ने बताए । उनले फिल्मले दर्शकलाई सोच्न बाध्य पार्ने कथा प्रस्तुत गर्ने दाबी गरे । कार्यक्रममा उपस्थित कलाकारहरूले फिल्म छायाङ्कनका क्रममा भोगेका रमाइला अनुभवहरू बाँडे । अभिनेता दयाहाङ राई र खगेन्द्र लामिछानेले आफूहरू पेशेवर नृत्यकार नभए पनि ‘महाभोज’ का गीतहरूमा खुलेर नाच्न पाएको अनुभव सुनाए ।

गायक तथा कलाकार निश्चल बस्नेतले निर्देशक दिनेश राउतसँगको पुनः सहकार्यलाई लिएर खुसी व्यक्त गरे । सन् २०१२ मा एकै समयमा निर्देशनमा पाइला चालेका निश्चल र दिनेशले यसअघि सन् २०१७ मा ‘पर्व’ फिल्मको हिट गीत ‘काले दाइ’ मा पनि सहकार्य गरेका थिए, जहाँ निश्चलले स्वर दिनुका साथै नृत्य गरेका थिए । क्लॉक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको ‘महाभोज’ का निर्माता हिमाल कडरिया हुन् । फिल्मको कथा र पटकथा सुवेदीले तयार पारेका हुन् ।

@parikalanewsofficial

‘महाभोज’ नेपालसहित विश्वका विभिन्न देशहरूमा एकै दिन प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाह लगायत थुप्रै कलाकारहरूको अभिनय देख्न सकिनेछ । ‘लालुमै’ गीतको सार्वजनिकसँगै ‘महाभोज’ प्रति दर्शकको अपेक्षा झनै चुलिएको छ ।

अगाडिकाे पाेस्ट

सुजन श्रेष्ठको निर्देशनमा नेपाल आइडल-५ विजेता करण परियारले ल्याए ‘सम्झना’

अर्काे पाेस्ट

फिल्म ‘माइतीघर’को सेटबाट माग्ने बुढाको ‘मुखिया’ लुक्स बाहिरियो

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै
कलिउड न्युज

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

✍ परिकला न्यूज
बैशाख १३, २०८३ मा प्रकाशित
0

...

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक
कलिउड न्युज

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १२, २०८३ मा प्रकाशित
0

...

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित
‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

बैशाख ११, २०८३ मा प्रकाशित
चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

बैशाख १०, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बैशाख १३, २०८३ मा प्रकाशित
कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित
‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

बैशाख ११, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana