Sunday, April 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फूलपातीमा रिलिज हुने ‘महाराजधिराज’मा आर्यन सिग्देल अनुबन्धित

✍ परिकला न्यूज
बैशाख २१, २०८२ मा प्रकाशित
फूलपातीमा रिलिज हुने ‘महाराजधिराज’मा आर्यन सिग्देल अनुबन्धित

काठमाडौं/ राष्ट्रिय अवार्ड विजेता फिल्म ‘बुलाकी’का प्रस्तुतकर्ता विराज बिष्ट र समीक्षकबाट रुचाइएको फिल्म ‘प्रेमगञ्ज’का निर्देशक तथा लेखक परिच्छेद सेनको नयाँ सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘महाराजधिराज’ यतिबेला नेपाली फिल्म वृत्तमा चर्चाको शिखरमा छ । सशक्त टिमको नेतृत्वमा बन्न लागेको यो फिल्ममा एकपछि अर्को गर्दै चर्चित कलाकारहरु जोडिने क्रमले यसको चर्चालाई थप उचाइ दिएको हो ।

यसै क्रममा, पछिल्लो पटक नायक आर्यन सिग्देल ‘महाराजधिराज’को एक मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन् । आर्यनको प्रवेशले फिल्मको कलाकार लाइनअपलाई झनै बलियो बनाएको निर्माण पक्षले जनाएको छ । ‘महाराजधिराज’मा यसअघि नै नायक पल शाह र रमेश उप्रेती जस्ता लोकप्रिय अनुहारहरु जोडिसकेका थिए । योसँगै जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भएको छ ।

आर्यन, रमेश, पल र जय किशन जस्ता कलाकारहरुको संयोजनले पर्दामा कस्तो छाप छोड्ला भन्ने प्रतीक्षा दर्शकमा बढेको छ र फिल्मप्रतिको अपेक्षा पनि बढेर गएको छ ।
यद्यपि, आर्यन सिग्देल ‘महाराजधिराज’मा कुन विशेष भूमिकामा प्रस्तुत हुनेछन् भन्ने विषयले अहिले दर्शकमाझ थप जिज्ञासा थपेको छ । फिल्ममा अनुबन्धित हुन पाउँदा खुशी व्यक्त गर्दै आर्यनले यो आफ्ना लागि फरक र दर्शकका लागि नयाँ चरित्र हुने बताएका छन् ।

@parikalanewsofficial

विराज बिष्ट प्रस्तुतकर्ता रहेको ‘महाराजधिराज’को निर्देशन परिच्छेद सेनले गर्दैछन्, जसको लेखनमा यो फिल्म तयार भएको हो । फिल्मका निर्माताहरूमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।

फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । निर्माण पक्षका अनुसार फिल्मका सबै कलाकारहरूको नाम अझै पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन र केही महत्वपूर्ण कलाकारहरूको घोषणा बाँकी नै रहेको छ, जसले फिल्मको लाइनअपलाई अझै रोचक बनाउने निश्चित छ । आगामी फूलपातीको शुभ अवसरमा प्रदर्शन हुने तयारीमा रहेको ‘महाराजधिराज’ले आफ्नो बलियो टिम, आकर्षक कलाकार लाइनअप र बढ्दो चर्चाका कारण प्रतिक्षित फिल्मको सूचीमा आफ्नो नाम लेखाउन सफल बन्दै गइरहेको अड्कल गर्न सकिन्छ ।

अगाडिकाे पाेस्ट

ग्रामीण यथार्थको कथा पस्कने सिरियल ‘मुल घर’: युट्युबमा दर्शकको मन जित्दै

अर्काे पाेस्ट

पुनः एक्सन फिल्ममा देखिँदै अभिनेत्री पूजा शर्मा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान
कलिउड न्युज

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

✍ सुवास संकल्प
बैशाख १३, २०८३ मा प्रकाशित
0

...

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै
कलिउड न्युज

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

✍ परिकला न्यूज
बैशाख १३, २०८३ मा प्रकाशित
0

...

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित
‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

बैशाख ११, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

बैशाख १३, २०८३ मा प्रकाशित
बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बैशाख १३, २०८३ मा प्रकाशित
कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana