काठमाडौँ/ नेपाली टेलिसिरियलको बजारमा यतिबेला निर्देशक स्वानिका बास्तोलाको नयाँ प्रस्तुति ‘मुल घर’को चर्चा चुलिएको छ । प्रदर्शन सुरु भएको छोटो समयमै दर्शकको मन जित्न सफल यो सिरियलले ग्रामीण परिवेशको तीतो यथार्थलाई जीवन्त ढंगले प्रस्तुत गरेको छ, जसले गर्दा यसले व्यापक लोकप्रियता हासिल गरेको छ । सिरियलले गाउँघरमा हुने मुखिया तथा काजीको दमन, शोषण, पारिवारिक कलह र धनी तथा गरिबबीचको प्रेम सम्बन्धमा आउने उतारचढावको मार्मिक कथालाई केन्द्रमा राखेको छ ।
यसको गहन कथावस्तु, पात्रहरूको स्वाभाविक र सशक्त अभिनय र आकर्षक दृश्य संयोजनले दर्शकहरूलाई एपिसोड पर्खिन बाध्य बनाएको छ । निर्देशक बास्तोलाले नेपाली समाजका परम्परागत मूल्य र मान्यतालाई समकालीन शैलीमा पस्किएर दर्शकको रुचि आकर्षित गरेकी छिन् । ‘मुल घर’ सिरियल प्रत्येक हप्ताको बुधबार साँझ ८ बजे ‘मुलघर अफिसियल’ नामक युट्युब च्यानलबाट नियमित रूपमा प्रसारण हुँदै आएको छ ।
@parikalanewsofficial
कलाकारतर्फ सिरियलमा विनोद श्रेष्ठ, स्वानिका बास्तोला, सुमित्रा अधिकारी र आरजे सिं ठकुरीले मुख्य भूमिकामा प्रशंसनीय अभिनय गरेका छन् । नकारात्मक भूमिकामा मोहन कृष्ण श्रेष्ठ र छुच्ची बुहारीको भूमिकामा छाया भुजेलको अभिनयले पनि दर्शकको ध्यान तानेको छ । यसका साथै, राम बुढाथोकी, सुपा खनाल, मीना जी सी, दिप शेर्पाली, नारायण खाती, रीमा दाहाल, प्रभु श्रेष्ठ, र अभि श्रेष्ठ लगायत अन्य कलाकारहरूको अभिनय पनि तारिफयोग्य रहेको छ ।
सिरियलको पाश्र्व संगीततर्फ गीतमा लोकराज अधिकारीको शब्द, योगेश काजी शाह र सुरज खत्रीको संगीत संयोजन तथा सदिक्षा कटेलको कर्णप्रिय स्वर रहेको छ । प्राविधिक पक्षमा सिरियलको सम्पादन दिप श्रीर्पालीले गरेका छन् भने छायांकन देव श्रीर्पालीले गरेका छन् । यस ‘मुल घर’ टेलिसिरियलको लेखन, निर्देशन र निर्माण स्वानिका बास्तोला आफैले सम्हालेकी छिन् ।















Discussion about this post