Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

जेष्ठ ३ गते नोरा फतेही र दुर्गेश थापाले ‘दुश्मन हेरेको हेर्यै’गीतमा सँगै प्रस्तुती दिने

✍ परिकला न्यूज
बैशाख २०, २०८२ मा प्रकाशित
जेष्ठ ३ गते नोरा फतेही र दुर्गेश थापाले ‘दुश्मन हेरेको हेर्यै’गीतमा सँगै प्रस्तुती दिने

काठमाडौँ/ आफ्नो धमाकेदार नृत्य र अभिनयले विश्वभर चर्चा कमाएकी भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले पहिलो पटक नेपालमा आफ्नो प्रस्तुति दिने भएकी छन् । ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक एक विशेष च्यारिटी कार्यक्रमका लागि उनी आगामी जेष्ठ ३ गते (सन् २०२५ मे १७) काठमाडौँ आउँदैछिन् । यो कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ आयोजना गरिएको हो । पत्रकार सम्मेलन मार्फत कार्यक्रम आयोजक वल्र्डवाइड फिल्म्स नेटवर्क प्रालिले नोरा फतेहीको नेपाल आगमनको औपचारिक घोषणा गरेको हो ।

‘ह्युुमन रेस्पेक्ट नेपाल’ नामक सामाजिक संस्थालाई सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् । वल्र्डवाइड फिल्म्स नेटवर्कका अध्यक्ष देव मगरले मनोरञ्जन क्षेत्रमार्फत सामाजिक कार्यमा योगदान गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । उनले नेपालमा नोरा फतेहीप्रतिको आकर्षणलाई मध्यनजर गर्दै कार्यक्रमका लागि अनुरोध गरिएको र नोराले सकारात्मक प्रतिक्रिया दिएको जानकारी गराए । यस कार्यक्रममा नोरा फतेहीका साथै नेपाली कलाकारले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा सहभागी हुने नेपाली कलाकारहरूको सूची पनि सार्वजनिक गरिएको छ । जसमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का उत्कृष्ट फाइनलिष्टहरू इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायत समावेश छन् । कलाकारका तर्फबाट बोल्दै नृत्याङ्गना तेरिया फौजा मगरले अन्तर्राष्ट्रिय स्तरकी कलाकार नोरा फतेहीसँग एउटै मञ्चमा प्रस्तुति दिन पाउनु आफ्ना लागि ठूलो अवसर भएको बताइन् ।

@parikalanewsofficial

आउँदो जेष्ठ ३ गते बौद्धस्थित हायात होटलको चौरमा यो वृहत् कार्यक्रम आयोजना हुनेछ । कार्यक्रमको इभेन्ट व्यवस्थापनको जिम्मा मनु मिडिया प्रालिले लिएको छ । आयोजकका अनुसार, कार्यक्रममा प्रस्तुति दिन नोरा फतेहीसँगै भारतको मुम्बईबाट २० जनाभन्दा बढी नृत्याङ्गनाको टोली नेपाल आउनेछ । नेपाल आगमनबारे अभिनेत्री नोरा फतेहीले पनि आफ्नो उत्साह व्यक्त गरेकी छिन् । एक श्रव्यदृश्य सन्देशमार्फत उनले नेपालमा पहिलो पटक आउन लागेको र नेपाली दर्शकबाट पाइरहेको मायाप्रति कृतज्ञता व्यक्त गरेकी छिन् ।

सामाजिक कार्यका लागि भइरहेको यस कार्यक्रमलाई सफल बनाउन सबैलाई सहयोग गर्न उनले आग्रह गरिन् । यस विशेष इभेन्टको लागि खल्ती एपमार्फत २ हजार, ४ हजार, ७ हजार र १६ हजार रुपैयाँ दरका टिकटहरू उपलब्ध छन् । कार्यक्रमको अर्को आकर्षणको रूपमा नोरा फतेही र गायक दुर्गेश थापाले ‘दुश्मन हेरेको हेरै’ बोलको गीतमा सँगै स्टेज प्रस्तुति दिने जानकारी आयोजकले दिएको छ । ओसिन सिटौलाले सञ्चालन गर्ने कार्यक्रमका लागि दिउँसो ३ बजेदेखि नै दर्शकहरूलाई प्रवेश दिइने व्यवस्था मिलाइएको छ । नोरा फतेहीका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ जस्ता गीतहरू नेपालमा पनि निकै लोकप्रिय छन् ।

अगाडिकाे पाेस्ट

‘अञ्जिला’को ५१ औँ दिने सेलेब्रेसन, बन्यो १० करोड कमाउने पहिलो बायोपिक फिल्म

अर्काे पाेस्ट

ग्रामीण यथार्थको कथा पस्कने सिरियल ‘मुल घर’: युट्युबमा दर्शकको मन जित्दै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana