Tuesday, April 28, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘अञ्जिला’को ५१ औँ दिने सेलेब्रेसन, बन्यो १० करोड कमाउने पहिलो बायोपिक फिल्म

✍ परिकला न्यूज
बैशाख २१, २०८२ मा प्रकाशित
‘अञ्जिला’को ५१ औँ दिने सेलेब्रेसन, बन्यो १० करोड कमाउने पहिलो बायोपिक फिल्म

काठमाडौं/ नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय सर्वाधिक सफल मानिएको बायोपिक फिल्म ‘अञ्जिला’ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको अवसरमा भव्य समारोह आयोजना गरी आफ्नो ऐतिहासिक सफलताको खुसी साटासाट गरेको छ । शुक्रवार साँझ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोक, काठमाडौंमा आयोजित विशेष कार्यक्रममा फिल्म टोलीले यस उपलब्धिको जस दर्शक, निर्माता र सम्पूर्ण टिमलाई दिएको छ ।

गत वर्ष फागुन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको ‘अञ्जिला’ले ४५ वटा शोहरूसहित ५१ दिनसम्म सफलतापूर्वक प्रदर्शन भएको हो । यस क्रममा फिल्मले बक्स अफिसमा १० करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्दै नेपाली बायोपिक फिल्मको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको निर्देशक मिलन चाम्सले जानकारी दिए । उनका अनुसार, १० करोड माथिको व्यापार गर्ने र ५१ दिनसम्म चल्ने ‘अञ्जिला’ पहिलो नेपाली बायोपिक फिल्म बनेको छ ।

सफलता उत्सव कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायत सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरू, पत्रकारहरू, हल सञ्चालक तथा व्यवस्थापकहरू र अन्य फिल्मप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा फिल्मको टिम र ५१ दिन चलाएर साथ दिने हल सञ्चालकहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

@parikalanewsofficial

समारोहमा सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहहरूले विभिन्न आकर्षक प्रस्तुति दिएका थिए भने फिल्मका चर्चित गीत ‘रात किन हुन्छ’का गायक तथा सङ्गीतकार थानेश्वर गौतमले प्रत्यक्ष गायन प्रस्तुत गरी माहोल तताएका थिए । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनगाथामा आधारित यस फिल्ममा स्वयं एन्जिलाले नै मुख्य भूमिका निर्वाह गरेकी छिन् ।

उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । निर्देशक मिलन चाम्सले कार्यक्रममा बोल्दै ‘अञ्जिला’को यो सफलता सम्पूर्ण नेपाली फिल्म क्षेत्रका लागि प्रेरणा भएको र यसको श्रेय दर्शक, टिम, पत्रकार र शुभचिन्तक सबैलाई जाने बताए । वर्ष २०८० को अन्त्यतिर रिलिज भएर पनि ‘अञ्जिला’ले सो वर्षका उत्कृष्ट पाँच सफल फिल्ममा आफ्नो स्थान बनाउन सफल भएको थियो ।

अगाडिकाे पाेस्ट

घर मोह र डेराको यथार्थ: ‘के घर के डेरा: घर नं २’ को ट्रेलर, १० लाख बढी भ्युज

अर्काे पाेस्ट

जेष्ठ ३ गते नोरा फतेही र दुर्गेश थापाले ‘दुश्मन हेरेको हेर्यै’गीतमा सँगै प्रस्तुती दिने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर
कलिउड न्युज

विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

✍ परिकला न्यूज
बैशाख १५, २०८३ मा प्रकाशित
0

...

नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?
कलिउड न्युज

नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

✍ परिकला न्यूज
बैशाख १५, २०८३ मा प्रकाशित
0

...

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १५, २०८३ मा प्रकाशित
‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

बैशाख १४, २०८३ मा प्रकाशित
प्रियंकादेखि विजुसम्म: ३८० कलाकारको जम्बो टोली समेटिएको मेगा सिरिज ‘साहु बा’ युट्युवमा

प्रियंकादेखि विजुसम्म: ३८० कलाकारको जम्बो टोली समेटिएको मेगा सिरिज ‘साहु बा’ युट्युवमा

बैशाख १४, २०८३ मा प्रकाशित
प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

बैशाख १४, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

बैशाख १५, २०८३ मा प्रकाशित
नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

बैशाख १५, २०८३ मा प्रकाशित
प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १५, २०८३ मा प्रकाशित
‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

बैशाख १४, २०८३ मा प्रकाशित
प्रियंकादेखि विजुसम्म: ३८० कलाकारको जम्बो टोली समेटिएको मेगा सिरिज ‘साहु बा’ युट्युवमा

प्रियंकादेखि विजुसम्म: ३८० कलाकारको जम्बो टोली समेटिएको मेगा सिरिज ‘साहु बा’ युट्युवमा

बैशाख १४, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana