Saturday, December 6, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

घर मोह र डेराको यथार्थ: ‘के घर के डेरा: घर नं २’ को ट्रेलर, १० लाख बढी भ्युज

✍ परिकला न्यूज
बैशाख २१, २०८२ मा प्रकाशित
घर मोह र डेराको यथार्थ: ‘के घर के डेरा: घर नं २’ को ट्रेलर, १० लाख बढी भ्युज

काठमाडौं/ सामाजिक कथावस्तुमाथि गहन फिल्म निर्माणका लागि चिनिने निर्देशक दीपेन्द्र के खनालको नयाँ प्रस्तुति ‘के घर के डेरा : घर नं २’ को प्रतिक्षित ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले घर र डेराबीचको भिन्नता, घरप्रतिको मोहले निम्त्याउने सामाजिक र पारिवारिक जटिलतालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ । सार्वजनिक भएको २३ घण्टामै ट्रेलरले १० लाख बढी भ्युज प्राप्त गर्न सफल भएको छ । यो एक हिसाबले सकारात्मक पक्ष हो । ट्रेलरमा २४ हजार बढी लाईक तथा झण्डै ४ सय कमेन्ट आएको छ ।

ट्रेलरले अहिलेको समाजमा घरलाई प्रतिष्ठाको प्रतीक मान्ने यथार्थलाई चित्रण गर्दै घर जोगाउन वा बनाउनका लागि युवा पुस्ताले गरिरहेको संघर्ष र त्यसले सिर्जना गर्ने नकारात्मक परिणामहरुलाई उजागर गरेको छ । घर मोहले आर्थिक कारोबारमा ल्याउने गडबडी र परिवारमा पर्ने असरलाई निर्देशक खनालले ट्रेलरमा प्रष्टसँग देखाएका छन् । ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ जस्ता सफल तथा प्रशंसित फिल्म दिएका निर्देशक खनालको यो नयाँ फिल्मले घर र डेराको फरक बसाइले जीवनमा पार्ने प्रभावको कथा भन्नेछ । हेर्नुस् ट्रेलर।

निर्देशक खनालका अनुसार, घर र डेराका कारण जीवनमा जतिसुकै उतारचढाव आए पनि अन्ततः त्यसको अन्तिम प्रभाव कस्तो हुन्छ भन्ने विषयलाई फिल्मले गहन रूपमा उठाउनेछ ।
फिल्मको कथावस्तु साहित्यकार बुद्धिसागरले लेखेका हुन् । यो उनको पहिलो फिल्म लेखन हो । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा कृष्णबहादुर थापाको छायांकन रहेको छ ।

@parikalanewsofficial

फिल्मका निर्माताहरुमा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी युवराज कार्कीले सम्हालेका छन् । जीवनको यथार्थसँग जोडिएको घर र डेराको कथा बोकेको ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनिक ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता जगाएको छ ।

अगाडिकाे पाेस्ट

२५ दिन र रात गरेर सम्पन्न भयो फिल्म ‘अभिमन्यु’को छायांकन

अर्काे पाेस्ट

‘अञ्जिला’को ५१ औँ दिने सेलेब्रेसन, बन्यो १० करोड कमाउने पहिलो बायोपिक फिल्म

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा
कलिउड न्युज

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

✍ परिकला न्यूज
मंसिर १९, २०८२ मा प्रकाशित
0

...

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा
कलिउड न्युज

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

✍ परिकला न्यूज
मंसिर १७, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

मंसिर १७, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

मंसिर १७, २०८२ मा प्रकाशित
गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

मंसिर १९, २०८२ मा प्रकाशित
‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

मंसिर १७, २०८२ मा प्रकाशित
फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

मंसिर १७, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

मंसिर १७, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana