इटहरी/ यही वैशाख २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म “उनको स्वीटर” को प्रचारप्रसार गर्ने उद्देश्यले धरानमा लोकप्रिय गायक सुजन चापागाईं तथा उनको द इन्फिनिटी ब्यान्डका साथमा लाईभ कन्सर्ट सहित भव्य कार्यक्रम सम्पन्न गरिएको छ । मजदुर दिवसको अवसर पारेर बुधबार धरान रंगशालामा साँझ ६ बजेदेखि सुरु भएको कार्यक्रम हेर्न ६ हजार बढी दर्शकको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा धरान बाहिरका दर्शकहरुको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगायतका विशिष्ठ व्यतित्वहरुको उपस्थिती रहेको थियो । फिल्म प्रोमोसनमा उपस्थित भएका फिल्मका प्रमुख कलाकार विपिन कार्कि, मीरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बू, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायिका झुमा लिम्बू, काफ्ले गीतका लेखक युवराज काफ्लेलाई नगरप्रमुख साम्पाङले खादा लगाएर स्वागत सम्मान गरेका थिए ।
कार्यक्रममा सहभागी हुन सहजताको लागि ठाउँठाउँमा आयोजकले निःशुल्क यातायातको व्यवस्था गरेको थियो । उपस्थित कलाकार तथा निर्देशकले उनको स्वीटर हेर्न आग्रह गरे । यस्तै कन्सर्टको लागि उपस्थित भएका लोकप्रिय गायक सुजन चौलागाईंले लजाएर एक्लै किन, तिमी बिना तिमी हुनु, फुलथुङ्गे रानी, आँशुको भारी, गाला पुक्क, तिनपाते, मखमली लगायतका आफ्ना लोकप्रिय गीतहरू गाएका थिए भने कार्यक्रमको अन्तिममा अहिलेको लोकप्रिय गीत “काफ्ले” झुमा लिम्बूसँग गाएर दर्शक झुमाएका थिए । यस्तै परीक्षा र एलेक्स ले उनको स्वीटर को गीतमा नाचेर दर्शकलाई आकर्षित गरे ।
@parikalanewsofficial
‘उनको स्वीटर’ फिल्म निर्माण कम्पनी आर्टमान्डुले सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा आफ्नो पहिलो फिल्म रिलिजअघि धरानमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । निर्माण कम्पनीले यस कार्यक्रम मार्फत फिल्मको प्रवर्द्धनका साथै धरान उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
यो कार्यक्रम अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आयोजना गरिएको हुनाले यसको मुख्य उद्धेश्य श्रम संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउनु रहेको छ । कार्यक्रमबाट संकलन हुने रकम मध्ये सम्पूर्ण खर्च/लागत कटौती गरी प्राप्त हुने सम्पूर्ण नाफा धरान उपमहानगरपालिकालाई सहयोगार्थ हस्तान्तरण गरिने आर्टमान्डुले जनाएको छ । फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् भने सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता हुन् ।
l
Discussion about this post