Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

म्याग्दीको ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन आरम्भ

✍ परिकला न्यूज
बैशाख १८, २०८२ मा प्रकाशित
म्याग्दीको ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन आरम्भ

इटहरी/ नेपाली फिल्म उद्योगमा ‘छ माया छपक्कै’, ‘गाजलु’, र ‘फर्की फर्की’ जस्ता सफल फिल्म दिएका निर्माता रोहित अधिकारीले अब आफ्नो चौथो प्रोजेक्ट ‘माइतीघर’ को शुभसाइत गर्दै औपचारिक रुपमा छायांकन सुरु गरेका छन् । पश्चिमी म्याग्दीको रमणीय तथा पर्यटकीय गाउँ ताकमबाट यस प्रतिक्षित फिल्मको छायाङकन थालिएको हो । फिल्म निर्माण र प्रचारप्रसारमा यो पटक कुनै कन्जुस्याइँ नगर्ने निर्माता अधिकारीको भनाई छ । यो फिल्म यसै वर्षको दशैँलाई लक्षित गरेर फूलपाती को दिनदेखि सार्वजनीक प्रदर्शनमा आउने छ ।

धौलागिरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित स्थानीय गणेश मन्दिर परिसरमा बिहीबार एक विशेष मुहूर्त पूजा र शुभसाइत कार्यक्रम आयोजना गरी फिल्मको निर्माण प्रक्रिया अगाडि बढाइएको हो । यस अवसरमा फिल्मका सम्पूर्ण ‘कास्ट एन्ड क्रू’ सँगै स्थानीय जनप्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले फिल्मको क्ल्याप ठोकेर र वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले नरिवल फोडेर छायांकनको विधिवत् शुभारम्भ गरेका थिए । फिल्मका निर्माता अधिकारीले दिएको जानकारी अनुसार, ‘माइतीघर’को कूल ४० दिन लामो छायांकन तालिका तय गरिएको छ । यसमध्ये पहिलो २० दिन ताकम र नजिकैको धारापानी गाउँका सुन्दर दृश्यहरुमा छायांकन गरिनेछ । बाँकी २० दिनको सुटिङ भने दरबाङ बजार नजिकै रहेको प्रसिद्ध तातोपानी क्षेत्रमा केन्द्रित हुनेछ ।

@parikalanewsofficial

म्याग्दीको ताकम गाउँमा पहिलोपटक यस स्तरको फिल्म छायांकन हुन लागेकाले स्थानीयवासीमाझ खुसी र उत्साह छाएको छ । धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले यस कार्यले गाउँको प्रचारप्रसार भई पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । गाउँपालिकाले फिल्म टोलीलाई आवश्यक पर्ने सुरक्षा र व्यवस्थापनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

धौलागिरी हिमश्रृंखलाको मनमोहक दृश्य देखिने ताकम क्षेत्र म्याग्दीको एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो र स्थानीय जनप्रतिनिधिहरुले यस्ता फिल्म छायांकनले ‘फिल्म पर्यटन’ लाई बढावा दिने आशा राखेका छन् । फिल्म टोली गाउँ प्रवेश गर्दा स्थानीय बासिन्दाले परम्परागत गाजाबाजा र नाचगान सहित भव्य स्वागत गरेका थिए, जसले स्थानीय कला संस्कृतिप्रतिको सम्मान झल्काउँथ्यो ।

मिलन तामाङले निर्देशन गर्ने यस फिल्ममा नेपाली फिल्म क्षेत्रका लोकप्रिय कलाकारहरु धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर बाङ्देल लगायतको अभिनय रहनेछ । फिल्मको छायांकनको जिम्मेवारी सुसन प्रजापतिले सम्हालेका छन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको यो फिल्ममा निर्माता अधिकारीसँगै रविन शेरचन र धीरज तामाङको पनि लगानी छ भने इश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

अगाडिकाे पाेस्ट

२४ घण्टा नपुग्दै बलिदान प्रि-टिजर ट्रेण्डिङको शीर्ष स्थानमा, समीर भट्टको खतरानाक एक्सन

अर्काे पाेस्ट

नेपाली मौलिकताको स्वाद बोकेको ‘जन्ते बाख्रो’को पोस्टर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana