Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

२४ घण्टा नपुग्दै बलिदान प्रि-टिजर ट्रेण्डिङको शीर्ष स्थानमा, समीर भट्टको खतरानाक एक्सन

✍ परिकला न्यूज
बैशाख १८, २०८२ मा प्रकाशित
२४ घण्टा नपुग्दै बलिदान प्रि-टिजर ट्रेण्डिङको शीर्ष स्थानमा, समीर भट्टको खतरानाक एक्सन

इटहरी/ छायाङकन देखि नै बहुप्रतिक्षित बनिरहेको फिल्म “बलिदान” को हालै सार्वजनीक प्रि टिजर ट्रेण्डिङ को पहिलो स्थानमा पुगेको छ । यो फडको सार्वजनिकको २४ घण्टा नपुग्दै हो । फिल्मका मुख्य अभिनेता समीर भट्टको जन्मदिनको उपहार स्वरुप बुधबार सार्वजनिक टिजर यो समाचार तयार गर्दै गर्दा युट्युब ट्रेण्डिङको मुभी क्याटोगरी अन्तर्गत शीर्ष स्थानमा छ भने ५ लाख बढी पटक हेरिएको छ ।

२४ हजार बढीले लाईक गरेको उक्त प्रि टिजरमा ३ हजार बढीले सकारात्मक प्रतिक्रिया दिएका छन् । अधिकांशले समीर भट्टको खुलेर तारिफ गरेका छन् भने फिल्मको व्यग्र प्रतीक्षा सो कमेन्टहरुमा व्यक्त भएका छन् । फिल्मका निर्देशक सन्तोष सेनका अनुसार नेपाल सहित विश्वको १२ देशमा यो प्रि टिजरले ट्रेण्डिङको यात्रा सुरु गरिसकेको छ । उनी भन्छन् “फिल्मको पहिलो झिल्कोलाई नै दर्शकले अत्याधिक रुचाउनुभएको छ, अब अझै उत्साह थपिएको छ ।” हेर्नुस् प्रि टिजर ।

यही वर्षको वडा दसैँलाई लक्षित गर्दै फूलपातीमा प्रदर्शन मिति तोकिएको ‘बलिदान’को ४२ सेकेन्डको प्रि-टिजरमा समीरलाई सोलो फिचर्ड गर्दै उनको धमाकेदार एक्सनलाई केन्द्रमा राखिएको छ । सार्वजनिक गरिएको छोटो प्री-टिजरले बलिदान फिल्मको शक्तिशाली कथावस्तु र प्रस्तुतिको संकेत गर्छ । प्रि-टिजरको पृष्ठभूमिमा सुनिने “देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई, रगत उम्लियो जसको, आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म’ भन्ने संवादले देशभक्तिको भावनालाई उजागर गर्छ ।

टिजरमा समीरको अन्तिममा आउने आक्रोशपूर्ण चित्कारले कौतूहलता थपेको छ । निर्देशक सेनले समीर भट्टलाई अभिनयमा अब्बल भन्दै ‘बलिदान’मा उनको क्षमता अझ प्रस्फुटित भएको बताए । उनले भने, “यो प्रि-टिजर समीरको प्रस्तुतिको सानो नमुना मात्र हो, हामी क्रमशः अरू झलकहरू पनि दर्शकमाझ ल्याउनेछौँ ।”

@parikalanewsofficial

‘आसुसेन फिल्म्स् प्रा.लि.’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा समीरका अलावा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता रहेको फिल्ममा प्रेम पुरी कार्यकारी निर्माता हुन् । यो प्रि-टिजरले फिल्मप्रति दर्शकको चासो बढाएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘बिगुल’को परेवा उडाएर शुभमुहूर्त, वैशाख तेश्रो साताबाट छायांकन

अर्काे पाेस्ट

म्याग्दीको ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन आरम्भ

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana