Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘बिगुल’को परेवा उडाएर शुभमुहूर्त, वैशाख तेश्रो साताबाट छायांकन

✍ परिकला न्यूज
बैशाख १८, २०८२ मा प्रकाशित
फिल्म ‘बिगुल’को परेवा उडाएर शुभमुहूर्त, वैशाख तेश्रो साताबाट छायांकन

इटहरी/ रमेश कोइरालाको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘बिगुल’ को शुभमुहूर्त सम्पन्न भएको छ । सामाजिक जागरण, समसामयिक राजनीति र आम नागरिकको कर्तव्यबोध जस्ता महत्वपूर्ण विषयवस्तुमा बन्ने यस फिल्मको शुभ मुहूर्त आज (बुधबार) अक्षय तृतियाको शुभ अवसर पारेर कोटेश्वर महादेवस्थानमा सम्पन्न भएको हो । मुहूर्त समारोहमा फिल्मको मूलभावलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरियो ।

मुहूर्त सर्टमा अभिनेता नरेन खड्काले “समाज जागरणको बिगुल” स्वरुपको संवाद बोलेपछि अभिनेत्री बेनिशा हमालले एक जोडी परेवा उडाएकी थिइन्, जसले फिल्मको सन्देश र उद्देश्यलाई प्रारम्भमै संकेत गर्‍यो । मुहूर्त कार्यको औपचारिक सुरुवात गर्दै चलचित्र बिकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसीले क्यामेरा स्विच अन गरे भने निर्देशक प्रदिप श्रेष्ठले क्ल्याप हाने ।

चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेर फिल्मको सफलताको लागि शुभकामना व्यक्त गरिन् । म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण हुने यस फिल्ममा दिनेश कोइरालाको कथा, मौनता श्रेष्ठको पटकथा र संवाद रहेको छ । शिब ढकालले फिल्मको छायांकन गर्नेछन् । कल्पना पौडेलको प्रस्तुति रहेको ‘बिगुल’का निर्माताहरु महेश कोइराला र सूर्यकान्त कोइराला हुन् ।

@parikalanewsofficial

फिल्ममा कलाकार नरेन खड्का र बेनिशा हमालका साथमा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमीरे, सुमोद भारद्वाज, बिनयराज पौडेल, सुपा खनाल, बबि भारती, तुलसी लम्साल, जयन्त रेग्मी, बिकास अधिकारी लगायतका अनुभवी तथा नयाँ कलाकारहरुको अभिनय रहनेछ । बालकलाकार श्रेयान्सी थपलीयाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दैछिन् ।

फिल्ममा संगीत अर्जुन पोखरेल र मनोज चौलागाईको रहनेछ । विशेषगरी, एक गीतमा नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले शब्द दिएका छन् । फिल्ममा कविराज गहतराजले कोरियोग्राफी सम्हाल्नेछन् भने श्याम केसी निर्माण ब्यबस्थापकका रुपमा रहेका छन् ।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन बैशाख तेश्रो साताबाट चितवनबाट सुरु गरिनेछ । मुहूर्त समारोहमा नेपाल जेसिसका पूर्व अध्यक्ष फूलकुमार लालवानी, त्रिभुवन बिश्वबिद्यालयका पूर्व सहायक डिन बिष्णुहरि कोइराला, नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मी बिलास कोइराला, चितवन काठमाडौं सम्पर्क समाजका अध्यक्ष ऋषिश्वर थपलिया, निर्देशक ऋषि लामीछाने लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

अगाडिकाे पाेस्ट

‘शिवांश: च्याप्टर १’: साङ्लोमा बाँधिएका प्रवीण खतिवडासँगै प्रमुख भूमिकामा देखिँदै रुशा न्यौपाने

अर्काे पाेस्ट

२४ घण्टा नपुग्दै बलिदान प्रि-टिजर ट्रेण्डिङको शीर्ष स्थानमा, समीर भट्टको खतरानाक एक्सन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana