Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘शिवांश: च्याप्टर १’: साङ्लोमा बाँधिएका प्रवीण खतिवडासँगै प्रमुख भूमिकामा देखिँदै रुशा न्यौपाने

✍ परिकला न्यूज
बैशाख १८, २०८२ मा प्रकाशित
‘शिवांश: च्याप्टर १’: साङ्लोमा बाँधिएका प्रवीण खतिवडासँगै प्रमुख भूमिकामा देखिँदै रुशा न्यौपाने

इटहरी/ फलामको साङ्लोले कसिएका एक पात्र अनि पृष्ठभूमिमा जल्दै गरेको सिंगो गाउँ । यस्तै रहस्यमय दृष्य समेटिएको फस्टलुक पोस्टर सार्वजनिक गर्दै नेपाली फिल्म ‘शिवांश: च्याप्टर १’ को औपचारिक घोषणा गरिएको छ । बुधबार निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरले फिल्मको कथावस्तुप्रति दर्शकमा गहिरो कौतुहलता जगाएको छ ।

पोस्टरमा अभिनेता प्रवीण खतिवडालाई आधा अनुहार मात्र देखिने गरी साङ्लोमा बाँधिएको अवस्थामा प्रस्तुत गरिएको छ, जसले उनी कुनै ठूलो सङ्घर्ष वा नियन्त्रणमा परेको आभास दिन्छ । पछाडि दन्किरहेको आगोको ज्वालाले फिल्म शक्ति संघर्ष वा विद्रोहको कथामा आधारित हुन सक्ने सङ्केत दिएको छ । यद्यपि, निर्माणपक्षले कथावस्तुबारे भने विस्तृत जानकारी दिएको छैन ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म सन्तोष कुमार आत्रेयको निर्देशकीय डेब्यु फिल्म हो । फिल्मको कथा निर्माता स्वयं अञ्जान केसीले लेखेका हुन् । यसको सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् भने पटकथा बारत लिम्बुले तयार पारेका छन् । ‘शिवांश: च्याप्टर १’ मा प्रवीण खतिवडासँगै तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् ।

@parikalanewsofficial

फिल्ममा विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारहरूको पनि अभिनय रहनेछ । फिल्मको संगीतमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी रहनेछ । गीतमा राजनराज शिवाकोटी र विप्लव प्रतीकले शब्द तयार गरेका छन् भने राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीले स्वर दिएका छन् ।

फिल्ममा मिलन श्रेष्ठको निर्देशनमा द्वन्द्व कोरियोग्राफ गरिनेछ भने नृत्य निर्देशन विक्रम चोहानले गर्नेछन् । सरद महतोको सिनेमाटोग्राफी रहेको फिल्ममा बारत लिम्बु मुख्य सहायक निर्देशक, सुलक्षण भारती स्क्रिप्ट डक्टर र सम्भू थापा कार्यकारी निर्माता छन् । भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर विराज खड्का र भीएफएक्स प्रोड्युसर आदेश सुब्बा छन् । कस्ट्युम कमल मिश्र र मेकअप तुलसा लिम्बूको रहनेछ ।

पोस्टर फोटोग्राफी युवाहाङ राईले गर्नेछन् भने आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी हुन् । प्रोडक्सन म्यानेजरको जिम्मेवारी मिलन मानन्धरले सम्हालेका छन् । फिल्मको पोस्ट–प्रोडक्सन कार्य चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन)ले पाएको छ । ‘शिवांश: च्याप्टर १’ आगामी असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।

अगाडिकाे पाेस्ट

अभिनेता समीर भट्टको जन्मदिनमा ‘बलिदान’को एक्सनले भरिपूर्ण प्रि-टिजर

अर्काे पाेस्ट

फिल्म ‘बिगुल’को परेवा उडाएर शुभमुहूर्त, वैशाख तेश्रो साताबाट छायांकन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana