Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मनछुने कथा बोकेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १७, २०८२ मा प्रकाशित
मनछुने कथा बोकेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

इटहरी/ प्रतीक्षित नेपाली फिल्म ‘ऊनको स्वीटर’ले आफ्नो ट्रेलर मङ्गलवार काठमाडौंमा एक विशेष साङ्गीतिक कार्यक्रमका साथ सार्वजनिक गरेको छ । वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको आर्टमाण्डू प्रा.लि.को यो पहिलो फिचर फिल्म कोशी प्रदेशको पाँचथर जिल्लाको यथार्थवादी सामाजिक कथावस्तुमा आधारित छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित भव्य कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिनुका साथै चर्चित गायक सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले विशेष कन्सर्ट प्रस्तुत गरेको थियो ।

कार्यक्रममा पत्रकार, कलाकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । फिल्मका निर्देशक नवीन चौहानले ‘ऊनको स्वीटर’को कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको जानकारी दिए । उनले एउटा फिल्म बनाउने सपना सुरुमा आफू एक्लैले देखे पनि अहिले त्यो सयौँ जनाको साझा सपना बनेको र यो यात्रा निकै चुनौतीपूर्ण रहेको अनुभव सुनाए । “मैले एउटा फिल्मको संसार बनाउने प्रयास गरेको हुँ । सुरुमा म एक्लैले देखेको सपना अब सयौँ जनाको भएको छ,” चौहानले भने । हेर्नुस् ट्रेलर।

फिल्मका मुख्य अभिनेता विपिन कार्कीले पाँचथरमा छायाङ्कनको क्रममा प्राप्त सहयोगको स्मरण गर्दै सबै पाँचथरे सहयोगीप्रति आभार व्यक्त गरे । उनले आर्टमान्डूका गीतहरू जस्तै यो फिल्म पनि उत्कृष्ट बनेको र दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको बताए । मुख्य अभिनेत्री मिरुना मगरले फिल्ममा आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्वीटर’जस्तै न्यानोपन दर्शकसम्म पुर्‍याउने प्रयास गरेको बताइन् । उनले यो फिल्म हेरेपछि आर्टमान्डूले सुरुआत गरेको फिल्मको बेग्लै संसारमा पुगिने दाबी गरिन् ।

@parikalanewsofficial

कार्यक्रममा उपस्थित अन्य कलाकारहरूले पनि फिल्म निर्माणको अनुभव बाँडे । भावना खपाङ्गी मगरले आफूलाई फिल्मका रङ्गीचङ्गी धागोमध्ये एक धागो भएको महसुस भएको बताइन् भने परीक्षा लिम्बूले निर्देशक चौहानको क्यानभासमा काम गर्न पाउनुलाई भाग्यको कुरा भएको भन्दै एक वर्षपछि प्रचारमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरिन् । एलेक्स पारसले आफ्नो काम सबैमाझ बसेर हेर्न पाउँदा आनन्द लागेको बताए भने सुरज तमुले यो फिल्म आफ्नो लागि रमाइलो र महत्त्वपूर्ण यात्रा बनेको अनुभव सुनाए ।

फिल्ममा गीत निर्देशनको जिम्मेवारी सम्हालेका गायक सुजन चापागाईँले लामो यात्रामा दुःख र सुखसँगै धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँदै दर्शकको माया पाएका आफ्ना गीतजस्तै फिल्मलाई पनि माया गरिदिन आग्रह गरे । ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, भावना खपाङ्गी मगरका साथै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारहरूको अभिनय रहेको छ । सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत तथा नवीन चौहानको लेखन र निर्देशनमा बनेको यो फिल्मले नेपाली समाजका सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र जीवन्त रङ्गहरूलाई एउटै कथामा बुन्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।

अगाडिकाे पाेस्ट

कोशी प्रदेशमा ‘किराँत चलचित्रकर्मी संघ’को स्थापना, सागर सुब्बा सिंगल अध्यक्ष

अर्काे पाेस्ट

अमित प्रधानको ‘मायाको आभाष’ गीतको भिडियो सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana