इटहरी/ एक समय टेलिभिजनमा दर्शकको मन जित्न सफल कार्यक्रम ‘प्ले इट अन’ निर्माण गरेको अनुभवी समूह अब ठूलो पर्दाको फिल्म लिएर आउने तयारीमा छ । सोही समूहद्वारा निर्माण सुरु गरिएको फिल्म ‘माया प्रीति’ यतिबेला यसको मुख्य कलाकार छनोटले चर्चामा छ । यो फिल्मको अहिले प्री-प्रोडक्सनको कार्यमा छ ।
निर्माणको क्रममा रहेको यस फिल्ममा अभिनेता आशीर्वाद क्षेत्री र अभिनेत्री दिव्या रायमाझीले प्रमुख भूमिका निभाउने भएका छन् । फिल्मका निर्देशक अभि श्रेष्ठले यो कुराको पुष्टि गर्दै आशीर्वाद र दिव्यालाई मुख्य भूमिकामा फाइनल गरिएको बताएका छन् । ‘माया प्रीति’ फिल्म वन टु थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको छ र यसको टीम अहिले स्क्रिप्ट र पात्रहरूमाथि गहन कार्यशालामा व्यस्त छ ।
@parikalanewsofficial
हाल छायाङ्कनका लागि आवश्यक अन्तिम तयारीहरू भइरहेको यस फिल्मको छायाङ्कन निर्देशन श्याम तामाङले गर्नेछन् । टेलिभिजनमा सफल काम गरेर फिल्ममा होमिएको यो समूह प्राविधिक, रचनात्मक र व्यवस्थापकीय पाटोमा अनुभवी मानिन्छ । यही कारणले गर्दा पनि ‘माया प्रीति’लाई नेपाली फिल्म क्षेत्रमा एक प्रतीक्षित प्रोजेक्टका रूपमा हेरिएको छ ।














Discussion about this post