Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘के घर के डेरा : घर नं २’: खगेन्द्र, निश्चल र आर्यन मध्ये को हुन् डेरावाल र घरभेटी ?

✍ परिकला न्यूज
बैशाख १६, २०८२ मा प्रकाशित
‘के घर के डेरा : घर नं २’: खगेन्द्र, निश्चल र आर्यन मध्ये को हुन् डेरावाल र घरभेटी ?

इटहरी/ नेपाली फिल्म उद्योगमा सामाजिक कथावस्तुमाथि सफल फिल्म निर्माणका लागि परिचित निर्देशक दीपेन्द्र के खनाल आफ्नो नयाँ प्रस्तुति लिएर आउँदैछन् । ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ जस्ता प्रशंसित फिल्म दिएका खनालको आगामी फिल्म ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्मले आम नेपाली समाजको यथार्थ चित्रण गर्दै घर र डेराको बसाइँले मानिसको जीवनमा पार्ने फरक प्रभावको कथा भन्नेछ ।

खासगरी घर वा डेराको कारण समाजले लाद्ने सामाजिक हैसियत (सोसल स्टाटस) र त्यसबाट उत्पन्न हुने उचनिच व्यवहारको कथाव्यथालाई पर्दामा उतार्ने निर्देशक खनालले बताएका छन् । उनले फिल्मले जीवनको अन्त्यसम्ममा घर र डेराको यो फरकले पार्ने गहिरो प्रभावलाई पनि उजागर गर्ने जानकारी दिए । फिल्मको मुख्य आकर्षणमध्ये एक यसमा रहेका कलाकारहरूको भूमिका हो ।

@parikalanewsofficial

खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी र प्रकाश घिमिरेललगायतका कलाकारहरू मुख्य भूमिकामा छन् । यद्यपि, फिल्ममा को घरभेटी हुन् र को डेरावाल भन्ने कुराले दर्शकमा उत्सुकता जगाएको छ । सार्वजनिक पोस्टरहरूमा सबै कलाकारहरूको लुक्स उस्तै देखिए पनि एउटा पोस्टरमा खगेन्द्र लामिछाने साइकल डोर्याइरहेको र टिजरमा उनलाई केही दुखी पात्रको रूपमा प्रस्तुत गरिएकाले उनी डेरावाल हुनसक्ने सामान्य अनुमान गरिएको छ ।

तर, यदि उनी डेरावाल हुन् भने घरभेटी आर्यन सिग्देल हुन् कि निश्चल बस्नेत ? यस विषयमा भने निर्देशकले कुनै जानकारी सार्वजनिक गरेका छैनन् । फिल्मको नाममा ‘घर नं २’ जोडिए पनि निर्देशक दीपेन्द्र के खनालले यो फिल्म अघिल्लो ‘के घर के डेरा’ को सिधा सिक्वेल नभएको स्पष्ट पारेका छन् । तर, यसले घर र डेरा कै कथालाई फरक कोणबाट प्रस्तुत गर्ने उनको भनाइ छ । यो फिल्म साहित्यकार बुद्धिसागरको पहिलो फिल्मी कथा हो । कथा लेखन उनैले गरेका हुन् । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा कृष्णबहादुर थापाको छायांकन रहेको छ । फिल्मका निर्माताहरूमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने युवराज कार्की कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

अगाडिकाे पाेस्ट

‘एक्लो’ फिल्मबाट दिया पुनको ‘एस्ट्रोनट’ लुक्स सार्वजनिक

अर्काे पाेस्ट

‘होस्टेल ३’को ५१ औँ दिने सेलेब्रेशन, नयाँ पुस्ताका कलाकार र निर्माताले साटे खुसी

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana