इटहरी/ साइन्स फिक्सन जनरामा निर्माण भएको नेपाली फिचर फिल्म ‘एक्लो’ले मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनको विशेष अवसर पारेर आईतबार अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा दिया पुनलाई ‘एस्ट्रोनट पुन’को रुपमा प्रस्तुत गरिएको छ, जसले फिल्मको वैज्ञानिक आधारलाई थप प्रस्ट पारेको छ । पोस्टर सार्वजनिक गर्दै फिल्मका निर्देशक प्रदीप शाहीले सामाजिक सञ्जालमार्फत दिया पुनको प्रशंसा गरेका छन् ।
उनले दियाको अभिनय क्षमताका साथै सगरमाथा आरोहण गर्ने उनको साहसिक पक्षको पनि चर्चा गरेका छन् । निर्देशक शाहीले मातातिर्थ औँसीको यो पावन दिनमा फिल्ममा एक समर्पित र मायालु आमाको भूमिका निर्वाह गरेकोमा दियालाई सम्मान व्यक्त गर्दै सम्पूर्ण आमाहरुप्रति शुभकामना प्रकट गरेका छन् । उनले आमाहरुलाई जीवनभर प्रेम, माया र सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका प्रदीप शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो । ‘एक्लो’ लाई हलिउड स्तरको बनाउने तयारीमा जुटेका शाही हाल लण्डनमा फिल्मको पोस्ट प्रोडक्सनमा व्यस्त छन् । हालै कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भएपछि निर्देशक शाही र उनको फिल्म ‘एक्लो’ ले अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाएको छ । कान्समा उनको छनोटले फिल्मको प्रतीक्षितता झनै बढाएको छ ।
@parikalanewsofficial
‘एक्लो’ मा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ तथा स्योन सविक सिंहका साथै बेलायती अभिनेता जेमी बेकनको पनि अभिनय रहेको छ ।
फिल्मका निर्माताहरुमा राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुन रहेका छन् भने कार्यकारी निर्माताको रुपमा विनोद सुवेदी ‘क्षितिज’ छन् । यस फिल्ममा बाबु श्रेष्ठको छायाङ्कन, राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइनर, सन्तोष लामाको कला निर्देशन तथा द्रोण प्रसाद पौडेल ‘ठेउके’ को प्रोडक्सन डिजाइनर रहेको छ ।














Discussion about this post