इटहरी/ चर्चित कलाकार तथा फिल्म निर्माता, निर्देशक दीपक राज गिरीले नेपाली समाजमा पछिल्लो समय सामाजिक सञ्जाल मार्फत देखिँदै आएको बहिष्कारको प्रवृत्तिबारे आफ्नो धारणा व्यक्त गरेका छन् । उनले एक फेसबुक स्ट्याटस मार्फत बहिष्कारको यो संस्कृतिले समाजमा असहिष्णुता बढाउँदै लगेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
गिरीले आफ्नो स्ट्याटसमा उल्लेख गरे अनुसार, गएको वर्षको दशैंको समयमा आफ्नो फिल्म प्रदर्शन हुँदा सामाजिक सञ्जालमा फिल्म बहिष्कार गर्ने अभियान चलेको थियो । बहिष्कारको बहाना फरक फरक भए पनि यो नारा बिस्तारै प्रकाश सपूत हुँदै सुरक्षा पन्तसम्म आइपुगेको उनको भनाइ छ । सामाजिक सञ्जालमा कसैले कसैको तारिफ गरे पनि वा नगरे पनि बहिष्कारको नारा लाग्ने गरेको उनले अनुभव सुनाएका छन् ।

गिरीका अनुसार, यस्ता बहिष्कार अभियानमा कलाकारहरू केवल बहाना मात्र हुन् । वास्तवमा अहिले समाजमा राजावादीले गणतन्त्रवादीलाई, गणतन्त्रवादीले राजावादीलाई, एक विचार राख्नेले अर्को विचार राख्नेलाई तथा एक समूहले अर्को समूहलाई बहिष्कार गर्ने क्रम बढेको उनको विश्लेषण छ । यो एकले अर्काको अस्तित्वलाई नै अस्वीकार गर्ने अवस्था हो भन्दै उनले लेखेका छन् ।
@parikalanewsofficial
गिरीले बहिष्कार अहिले हाम्रो परम्परा नै बन्दै गएको टिप्पणी समेत गरेका छन् । यो प्रवृत्तिले समाजलाई बिस्तारै असहिष्णुता तर्फ धकेल्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै देखिएको यो बहिष्कार संस्कृतिले समाजमा विभाजन र असहिष्णुता बढाउन सक्ने भन्दै उनले चिन्ता प्रकट गरेका हुन् ।














Discussion about this post