Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दुईसय पच्चीस वर्ष पुरानो नेपाली समाजको दुर्लभ कथा ‘जार’ मार्फत पर्दामा आउँदै

✍ परिकला न्यूज
बैशाख १४, २०८२ मा प्रकाशित
दुईसय पच्चीस वर्ष पुरानो नेपाली समाजको दुर्लभ कथा ‘जार’ मार्फत पर्दामा आउँदै

इटहरी/ करिब दुई सय पच्चीस वर्ष पुरानो नेपाली समाजको एक यथार्थ घटनामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘जार’ प्रदर्शनका लागि तयार भएको छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित यो फिल्म यही वैशाख २६ गतेदेखि दर्शकमाझ आउँदैछ । यो फिल्म विषयवस्तु र प्रस्तुतिको हिसाबले केही फरक रहेको निर्माण पक्षले जनाएको छ । सन् १८०० को दशकमा नेपाली समाजमा व्याप्त रहेको र अहिले निकै कम प्रचलनमा रहेको ‘जार’ प्रथालाई मूल विषय बनाएर फिल्म निर्माण गरिएको हो ।

इन्द्रबहादुर राईले आफ्नो कथामा सोही समयको चित्रण गरेको र त्यसैलाई पर्दामा उतार्दा यो करिब २२५ वर्ष पुरानो कथा बनेको निर्देशक फूर्वा छिरिङ लामा बताउँछन् । निर्देशक लामाका अनुसार, ‘जार’ केवल एक फिल्म मात्र नभएर हाम्रो इतिहाससँगको साक्षात्कार, समाजबाट हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटा केलाउने माध्यम हो । उनले भने, “मैले सानैदेखि सुन्दै आएको यो कथाले सधैं झक्झकाइ रहन्थ्यो ।

@parikalanewsofficial

नेपाली समाजमा जस्तै नेपाली भाषी समुदायमा जहाँसुकै गए पनि एउटै भावना पाइन्छ ।” उनले थपे, “‘जार’ले हाम्रो समाजको भोगाइ, निर्दोषता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई समेत उजागर गर्छ ।” यो फिल्मले इतिहास, संस्कृति र समाजलाई गहिरो रुपमा स्पर्श गर्ने भएकाले विशेष गरी युवा पुस्ताका लागि महत्वपूर्ण हुने विश्वास निर्देशक लामाको छ । उनका अनुसार, अहिलेका पुस्तामा यो विषय ओझेलमा परे पनि त्यसबेला समाजमा यसको ठूलो प्रभाव थियो । ‘जार’ले इतिहास सुनाउनुको साथै हाम्रो संस्कृतिको अदृश्य धागो भेटाउने प्रयास गर्नेछ ।

‘जार’ले ‘ठूली’ र ‘रुद्रमान’ पात्रहरूमार्फत एक प्रेमकथा देखाउँदै तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई पर्दामा उतार्नेछ । दर्शकले त्यसबेलाको प्रेम, सम्बन्ध र समाजको कठोर वास्तविकता महसुस गर्न सक्नेछन् । फिल्ममा देखाइने ‘मितेरी साइनो’ जस्ता सामाजिक परम्पराहरू अहिलेका नयाँ पुस्ताका लागि नौलो हुन सक्छन्, जसले पुरानो समाज र आजबीचको गहिरो सम्बन्ध बुझ्न मद्दत पुर्‍याउनेछ ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा केन्द्रित भए पनि यो एक ‘कम्प्लिट प्याकेज’ भएको निर्देशक लामाको दाबी छ । त्यसैले फिल्मले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् । फिल्ममा अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको छायांकन भारतको सिक्किममा गरिएको छ ।

फिल्मका कार्यकारी निर्माताहरूमा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन् ।
सरवानन इलावार्सुले छायांकन गरेको यस फिल्ममा अखिलेश राईको सम्पादन रहेको छ । फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत सुन्न सकिनेछ । नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने ‘जार’ को नेपालभित्र वितरणको जिम्मा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमा रहेको छ ।

अगाडिकाे पाेस्ट

पोखरामा ‘ऊनको स्वीटर साँझ’ सम्पन्न, वैशाख १८ गतेका लागी धरानमा भव्य तयारी हुँदै

अर्काे पाेस्ट

फिल्म ‘महाभोज’को आमाप्रतिको समर्पण प्रस्तुत भएको भिडियो सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana