Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पोखरामा ‘ऊनको स्वीटर साँझ’ सम्पन्न, वैशाख १८ गतेका लागी धरानमा भव्य तयारी हुँदै

✍ परिकला न्यूज
बैशाख १४, २०८२ मा प्रकाशित
पोखरामा ‘ऊनको स्वीटर साँझ’ सम्पन्न, वैशाख १८ गतेका लागी धरानमा भव्य तयारी हुँदै

इटहरी/ बहुप्रतीक्षित नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले आफ्नो प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई निकै तीव्रता दिएको छ । यसै क्रममा फिल्म युनिटले देशका विभिन्न शहरमा पुगेर दर्शकमाझ आफूलाई प्रस्तुत गरिरहेको छ । यसै अभियानको महत्वपूर्ण कडीका रूपमा शुक्रवार साँझ पोखराको रमणीय फेवाताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ शीर्षकको एक भव्य कार्यक्रम सम्पन्न भयो ।

फेवाताल किनारको हल्लनचोकमा आयोजित सो कार्यक्रममा फिल्मका गीत निर्देशक तथा चर्चित गायक सुजन चापागाईँले हजारौँ उत्साहित दर्शकहरूमाझ आफ्नो दमदार सजीव प्रस्तुति दिए । उनले ‘ऊनको स्वीटर’ मा समावेश ‘मखमली’, ‘काफ्ले’, ‘फूल’ जस्ता लोकप्रिय गीतहरू गाएर दर्शकलाई झुमाएका थिए । कार्यक्रमको अर्को विशेष आकर्षणको रूपमा प्रसिद्ध लोकगायक तथा सारङ्गी सम्राट स्व. झलकमान गन्धर्वको ९०औँ जन्म जयन्तीको अवसरमा उनलाई भावपूर्ण श्रद्धाञ्जलि दिइयो ।

गायक चापागाईँले झलकमान सारङ्गी पाठशालाका विद्यार्थीहरूसँगै स्व. गन्धर्वको चर्चित गीत ‘बाला जोबन’ गाएर उनलाई सम्झिए । सोही अवसरमा झलकमानको परिवार र सारङ्गी पाठशालालाई सम्मानसमेत प्रदान गरियो । पाठशालाका बाल कलाकारहरूले सारङ्गीको कर्णप्रिय धुन प्रस्तुत गर्दै दर्शकको मन जिते । फिल्म युनिटबाट अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, नव–कलाकार एलेक्स पारस, कलाकार माओत्से गुरुङ, निर्देशक नवीन चौहान, कार्यकारी निर्माता मिलन खत्री, वितरक पुष्कर घिमिरे, मिडिया एक्जिक्युटिभ जीवन पराजुली लगायतको कार्यक्रममा उपस्थिति थियो ।

@parikalanewsofficial

कार्यक्रमकै दौरानमा फिल्मका तीन नयाँ आकर्षक पोस्टरहरू सार्वजनिक गरियो । अभिनेता विपिन कार्कीले दर्शकहरूलाई सम्बोधन गर्दै ‘ऊनको स्वीटर’ एक मौलिक कथामा बनेको फिल्म रहेकोले हलमै पुगेर हेर्न सबैमा आग्रह गरे । कलाकार माओत्से गुरुङले आफू सधैँ राम्रो ब्यानरसँग काम गर्न इच्छुक रहेको र आर्टमान्डूको ‘ऊनको स्वीटर’ को प्रस्ताव सजिलै स्वीकार गरेको बताए ।

निर्देशक नवीन चौहानले आर्टमान्डूका गीतहरूले जस्तै फिल्मले पनि दर्शकलाई पूर्ण सन्तुष्टि दिनेमा विश्वस्त रहेको उल्लेख गर्दै वैशाख २६ गतेको रिलिज मितिको प्रतीक्षा गर्न अनुरोध गरे । अभिनेत्री परीक्षा लिम्बुले पोखराका दर्शकमा देखिएको उत्साहबाट आफू निकै उत्साहित भएको बताइन् भने, यसै फिल्ममार्फत अभिनयमा डेब्यु गरेका एलेक्स पारसले प्रत्यक्ष रूपमा दर्शकमाझ आउन पाउनु आफ्नो लागि ठूलो खुसीको क्षण भएको बताए ।

एलेक्स यसअघि आर्टमान्डूकै सफल गीत ‘फूलथुङ्गे रानी’ मा अभिनय गरेर चर्चामा आएका थिए । कार्यक्रममा एलेक्स र परीक्षाले ‘काफ्ले’ गीतमा सँगै रमाइलो नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरे । यसका साथै पोखरा कला केन्द्रका कलाकारहरूले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए । ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ को अर्को शृङ्खला अब यही वैशाख १८ गते कोशी प्रदेशको धरानमा आयोजना हुनेछ । जसको यतिबेला धरानमा भव्यताका साथ तयारी चलिरहेको छ ।

यथार्थवादी शैलीमा निर्मित सामाजिक कथावस्तुमा आधारित फिल्म ‘ऊनको स्वीटर’ वैशाख २६ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुँदैछ । फिल्ममा विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा छन् भने विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

भोलि विराटनरको २ हलमा ‘अञ्जीला’ विशेष छुटको साथ प्रदर्शन गरिने

अर्काे पाेस्ट

दुईसय पच्चीस वर्ष पुरानो नेपाली समाजको दुर्लभ कथा ‘जार’ मार्फत पर्दामा आउँदै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana