इटहरी/ आमाको मुख हेर्ने दिनको अवसर पारेर भोलि अर्थात् १४ गते हाल सफलताको साथ सातौं हप्तामा प्रदर्शन भइरहेको फिल्म ‘अञ्जीला’को विराटनगरमा विशेष छुटको साथ प्रदर्शन गरिने भएको छ । विराटनगरमा अवस्थित सिटी सिनेमा हल र सेन्ट्रल मल्टीप्लेक्स हलमा १ सय रुपैयामै यो फिल्म हेर्न व्यवस्था मिलाईएको छ ।
फिल्ममा आमा छोरीको कारुणिक कथा पस्किएको हुनाले आमाको मुख हेर्ने दिन विशेष छुटको साथ यो फिल्मलाई प्रदर्शन गर्न लागिएको फिल्मका कार्यकारी निर्माता विनोद अग्रवालले जानकारी गराए । अग्रवालका अनुसार ‘अञ्जीला’लाई सेन्ट्रल मल्टिप्लेक्सको दिउँसो २ बजेको शो र सिटी सिनेमा हलको साँझ ६ बजेको शोमा यो छुटको व्यवस्था मिलाईएको हो ।
@parikalanewsofficial
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यो फिल्म फागुन २९ गतेको फागु पूर्णिमाका अवसरदेखि प्रदर्शनमा आएको थियो । फिल्ममा एन्जिलाको बाल्यकालदेखि व्यावसायिक फुटबल यात्रा र संघर्षको कथा प्रस्तुत गरिएको छ ।
एन्जिलाले आफूले जीवनमा भोगेका अनुभवहरूलाई पर्दामा उतारेकी छन् भने निर्माता प्रेमकुमार श्रेष्ठले समेत फिल्ममा अभिनय गरेका छन् । एन्जिलाले निर्माता श्रेष्ठलाई आफ्ना ‘गड फादर’को रूपमा सम्मान गर्छिन् । ‘अञ्जिला’मा एन्जिला तुम्बापोसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, र बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।














Discussion about this post