Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक, भदौ १२ गते प्रदर्शन तय

✍ परिकला न्यूज
बैशाख १३, २०८२ मा प्रकाशित
फिल्म ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक, भदौ १२ गते प्रदर्शन तय

इटहरी/ प्रतिक्षित नेपाली फिल्म ‘कोशेढुङ्गा’ले आफ्नो प्रदर्शन मिति घोषणा गर्दै फर्स्ट लुक्स सार्वजनिक गरेको छ । निर्माणपक्षले एक कार्यक्रमका बीच फिल्मको पोस्टर बाहिर ल्याएको हो, जसमा मुख्य अभिनेत्री सुरक्षा पन्त फिचर्ड छिन् । अब यो फिल्म आगामी भदौ १२ गतेदेखि नेपाल सहित अन्य देशमा एकसाथ रिलिज हुनेछ । सार्वजनिक पोस्टरमा अभिनेत्री सुरक्षा पन्त ओड्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा देखिन्छिन् । उनको गेटअपले उनी नवविवाहित भएको सङ्केत दिन्छ । उनी पहाडको रमणीय पृष्ठभूमिमा रहेको एक घरको आँगनछेउमा उभिएकी छिन् ।

आँगनमा देखिएको झारले घर केही समयअघि छोडेर हिँडेको जस्तो देखिए पनि धेरै पुरानो भने नदेखिने अनुमान गर्न सकिन्छ । पोस्टरमा पहाडको फेदीमा रहेको घर धनी व्यक्तिको जस्तो देखिनु र सुरक्षा पन्तको उपस्थिति हेर्दा, केही समयको अन्तरालपछि गाउँ फर्किएकी नवविवाहित महिलाले त्यहाँ केही नयाँ सुरुवात गर्न लागेको हुनसक्ने सामान्य अनुमान लगाउन सकिन्छ । यद्यपि, फिल्मको कथावस्तुबारे निर्माण पक्षले विस्तृत जानकारी दिएको छैन ।

फिल्मका निर्देशक सरोज पौडेलले पोस्टरले कथाका केही पाटा खुलाए पनि अहिले यसलाई यतिमै सीमित राख्ने बताए । उनले आउँदा दिनमा सार्वजनिक हुने अन्य प्रचार सामग्रीमार्फत कथाबारे थप जानकारी दिइने उल्लेख गरे । महिलाप्रधान मानिएको यस फिल्ममा सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । उनीसँगै आर्यन सिक्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतका कलाकारको अभिनय रहेको छ ।

@parikalanewsofficial

नरदेवी फिल्मसको प्रस्तुति रहेको ‘कोशेढुङ्गा’मा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् भने कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् । फिल्ममा बाबु श्रेष्ठको डीओपी, नहकुल खड्काको सम्पादन तथा आषिश अविरल र रिदम कँडेलको संगीत रहेको छ । फिल्मका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् । ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो सफल फिल्म निर्देशन गरिसकेका सरोज पौडेलको निर्देशन रहेको हुनाले ‘कोशेढुङ्गा’लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । सरोजको अघिल्लो फिल्मले बक्स अफिसमा नेपालबाट मात्रै करिब ४७ करोड ५० लाख भन्दा बढी ग्रस कलेक्सन गरेको थियो । यसै कारण पनि उनको नयाँ फिल्म कस्तो बन्नेछ भन्नेमा धेरैको चासो रहेको छ ।

अगाडिकाे पाेस्ट

पहिचान फिल्मको सुटिङमा चल्यो नारावाजी, अश्रुग्यास र पानीको फोहोरा, अभिनेता प्रशान्त तामाङ घाइते

अर्काे पाेस्ट

निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट ‘आचार्य’बाट उषा उप्रेतीले फिल्ममा डेब्यु गर्ने पक्का

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana