इटहरी/ यतिबेला पहिचान फिल्मको छायांकन कोशी प्रदेशमा धमाधम चलिरहेको छ । फिल्म छायांकनको यी दृश्यहरुमा नारावाजी गरिरहेको आन्दोलनकारी हरुमाथि नेपाल प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हालिरहेको देख्न सकिन्छ । पानीको फोहोराले फिल्मका प्रमुख अभिनेता मध्येका एक अभिनेता प्रशान्त तामाङ घाइते भएका छन् । नेपाल प्रहरीको गाडीबाट हानिएको पानीको फोहोराले अभिनेता तामाङलाई लाग्दा उनी लडेका थिए ।
उनको हातमा सामान्य चोट लागेको निर्देशक भीम लामाले जानकारी गराए । उनी सँगै अन्य केही कोरस कलाकारहरु समेत पानीको फोहोराले सामान्य घाइते भएका छन् । फिल्मको कथा अनुसार यो आन्दोलनलाई तितरवितर बनाउन गरिएको प्रहरी दमन हो । फिल्मका निर्देशक लामाको अनुसार नेपाल प्रहरीको समन्वयनमा इटहरीको व्यस्त संगीत चोकमा यी दृश्यहरुको छायाङकन भएको हो ।

निर्देशक लामाका अनुसार फिल्मको यो महत्त्वपर्ण दृश्य भएको कारण नेपाल प्रहरीसँग समन्वयन गरेर गर्मीका वावजुद निकै मेहनतका साथ खिचिएको छ । यी दृश्यहरुमा फिल्मका प्रमुख पात्रहरू देखिएका छन् । यी दृश्यहरुमा प्रशान्त तामाङ सहित फिल्मका प्रमुख अभिनेता प्रेम सुब्बा, परशुराम चौधरी, सुवास तामाङ लगायत देखिएका छन् । यो फिल्ममा करिश्मा मानन्धर, धिरेन शाक्य, राजेन्द्र खड्गी, सुरवीर पण्डित र प्रशान्त तामाङ जस्ता चिर परिचित अनुहारहरू छन् ।
@parikalanewsofficial
निर्देशक लामाले यो फिल्मलाई राजेश हमाल अभिनित फिल्म ‘नरसिंहा अवतार’ सँगै रिलिज गर्ने भनेका थिए । तर, छायाङकनमा ढिलाई भएको कारण अब यो योजना सम्भव नहुने बताए । फिल्ममा किशोर सम्बाहाम्फे, रामजी बिष्ट, रोशन शर्मा, शर्मिला राई, नव नायिका जेनि घिसिङ लगायतको समेत अभिनय रहनेछ । भीम लामा फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको फिल्म ‘पहिचान’को निर्माण टिममा भीम लामा, रामजी बिष्ट, छिरिङ लामा, उमेश तामाङ रहेका छन् । निर्देशक भीम लामाले यसअघि ‘माटो’, ‘भेडीगोठ’ जस्ता फिल्म निर्माण गरिसकेका छन् भने ‘फेक फ्रेन्ड’, ‘गोल’, ‘सरप्राईज’, ‘नासो’, ‘लिलामे माईला’ निर्देशन गरेका छन् ।














Discussion about this post