इटहरी/ चर्चित उपन्यासकार बुद्धि सागरको लेखनमा पहिलो पटक फिल्मको पर्दामा आउन लागेको सामाजिक ड्रामा ‘के घर के डेरा : घर नं २’ को प्रतिक्षा यतिबेला बढ्दो छ । दीपेन्द्र के खनाल निर्देशित यो फिल्म जेठ २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । दर्शकको उत्सुकतालाई थप बढाउँदै निर्माण टोलीले मङ्गलबार फिल्मको पहिलो गीत ‘आँखा’ सार्वजनिक गरेको छ । रिकेश गुरुङको सुमधुर स्वरमा सजिएको यस गीतमा राम अविरल विष्टका प्रेमिल शब्दहरू रहेका छन् भने एसडी योगीले संगीत भरेका छन् ।
सार्वजनिक लिरिकल भिडियोमा फिल्मकाका मुख्य कलाकारहरूमध्ये खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । भिडियोले उनीहरू बीचको गहिरो प्रेम र एकअर्काको आँखामा देखिएको आकर्षणलाई कलात्मक रूपमा देखाउँछ, जसमा फिल्मका केही दृश्यहरू पनि समावेश गरिएका छन् । ‘कर्णाली ब्लुज’, ‘एक्लो’, र ‘फिरफिरे’ जस्ता सफल उपन्यास दिएका बुद्धि सागरले लेखेको यो कथाले दर्शकलाई कस्तो अनुभव देला भन्ने चासो छ । हेर्नुस् गीतको भिडियो ।
फिल्ममा खगेन्द्र र उपासनाका साथै निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा बनेको यस फिल्मलाई नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनले निर्माण गरेका हुन् । युवराज कार्की कार्यकारी निर्माताको भूमिकामा छन् भने कृष्णबहादुर थापाले फिल्म खिचेका छन् ।
@parikalanewsofficial














Discussion about this post