इटहरी/ यहि बैसाख २६ गतेदेखि प्रदर्शनको तयारिमा रहेको फिल्म ‘उनको स्विटर’ को प्रचारप्रचारको उद्देश्य सहित लोकप्रिय गायक सुजन चापागाईं तथा उनको ब्याण्ड द इन्फिनिटी ब्याण्डको कन्सर्ट आयोजना हुने भएको छ । ‘उनको स्विटर साँझ’ नाम दिएर धरानमा आयोजना हुने सो कार्यक्रम यहि बैशाख १८ गते आयोजना गरिने बुधबार एक पत्रकार सम्मेलन गरि जानकारी गराईयो । धरान स्थित फ्रेन्ड्स सिनेमा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम आयोजक कमिटिको उपस्थिति रहेको थियो ।
आयोजक कमिटिमा मिना संयोक, सौरभ श्रेष्ठ, सन्देश घिमिरे, केन्द्र लिम्बु, पुस्कर घिमिरे र सौगात रिजाल रहेका छन् । धरान रंगशालामा साँझ ५ बजेदेखि हुने यो कार्यक्रमलाई सिल्भर इण्टरटेन्मेण्टले आयोजना गर्दैछ । धरान तथा कोशी प्रदेशमै पहिलो पटक कन्सर्ट गर्न लागेका गायक चापागाईंसंगै उक्त साँझमा उनको स्विटर फिल्ममा समावेश लोकप्रिय गीत ‘काफ्ले’कि गायिका झुमा लिम्बुको समेत प्रस्तुति रहने छ भने अर्की चर्चित गायिका सुनिता थेगिमको पनि प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

यस्तै सो कार्यक्रममा फिल्मको तर्फबाट प्रमुख कलाकारहरु विपिन कार्की, मिरुना मगर, परिक्षा लिम्बु, एलेक्स पारस, विल्सम विक्रम राईको पनि विशेष उपस्थिति रहने छ । कार्यक्रम विश्व मजदुर दिवसका दिन रहेको हुनाले कार्यक्रम सफल भयो भने केहि मजदुरलाई सहयोग पनि गर्ने आयोजकको भनाई रहेको छ । कार्यक्रम प्रवेशको लागि ३ सय, ७ सय र एक हजारको टिकट तय गरिएको छ । ३५ दिन लगाएर पाँचथरको साधुटारमा छायांकन गरिएको ‘उनको स्विटर’लाई नविन चौहानले लेखन तथा निर्देशन गरेका छन् ।
@parikalanewsofficial
आर्टमाण्डु नेपालको ब्यानरमा निर्मित फिल्मको निर्माताको रुपमा साहांग चेमजोङ्ग, आशिष रिजाल, राज कुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन् भने कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री, सह निर्मातामा केन्द्र मोसन पीक्चर्स रहेका छन् । चिन्तन राजभन्डारीले खिचेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् । उनको स्विटरको काठमाण्डौ भ्याली भित्र काफिया फिल्म्स र काठमाण्डौ भ्याली बाहिर कुबेर सिने डिस्ट्रिब्युटरले वितरण गर्दै छ भने नेपाल बाहिर सेभेन सिज इन्टरनेसनल लगायतका कम्पनीहरुले विभिन्न देशहरुमा डिस्ट्रिब्युसन गर्नेछन ।















Discussion about this post