Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘जलाकी’मा धीरज मगरको इन्ट्री, पुनः उपासना र धीरज एकसाथ देखिँदै

✍ परिकला न्यूज
बैशाख १०, २०८२ मा प्रकाशित
फिल्म ‘जलाकी’मा धीरज मगरको इन्ट्री, पुनः उपासना र धीरज एकसाथ देखिँदै

इटहरी/ गत वर्षको सफल फिल्म ‘खुस्मा’बाट चर्चा कमाएका निर्देशक अशोक थापा मगरले आफ्नो नयाँ फिल्म ‘जलाकी’को निर्माण कार्य सुरु गरेका छन् । यस फिल्ममा लोकप्रिय अभिनेता धिरज मगरको प्रवेशले थप चर्चा पाएको छ । ‘खुस्मा’मा सहकार्य गरेका निर्देशक अशोक र अभिनेता धिरजको यो दोस्रो सहकार्य हो ।

केही अघिदेखि बागलुङको प्रसिद्ध कालिका मन्दिरबाट शुभसाइत गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको थियो । निर्माण टोलीका अनुसार पहिलो चरणको छायांकन सफलतापूर्वक सम्पन्न भइसकेको छ । अभिनेता धिरज मगरले भने दोस्रो चरणको छायांकन सुरु भएपछि मात्र फिल्मको सेटमा पाइला टेक्ने निर्देशक अशोकले जानकारी दिए । ‘जलाकी’ लाई त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म रहने बताइएको छ ।

धिरज मगरसँगै यसमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य अभिनय रहनेछ । मोडल आकृति राजभण्डारीले यसै फिल्मबाट नेपाली फिल्म उद्योगमा मा डेब्यु गर्दैछिन् । फिल्मको शीर्षक ‘जलाकी’ ले मगर समुदायमा विशेष सांस्कृतिक महत्व राख्छ । यो शब्दले कसैको सम्झना, माया र आस्थाको प्रतीकको रूपमा ढुंगाले बनाइएको स्तम्भलाई जनाउँछ । फिल्मले मगर र गुरुङ समुदायको संस्कृतिलाई पर्दामा उतार्ने निर्माण टीमको भनाइ छ ।

@parikalanewsofficial

एम मिडिया प्रालीको ब्यानरमा निर्माण भइरहेको ‘जलाकी’ को छायांकन तीन चरणमा हुनेछ । यसका लागि रुकुम, म्याग्दी, बागलुङ, पोखराका रमणीय स्थलहरूका साथै दक्षिण कोरियाका विभिन्न स्थानहरूलाई समेत छनोट गरिएको छ ।
फिल्मका निर्माताहरूमा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । साथै, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) जस्ता कलाकारहरूको पनि अभिनय रहनेछ ।

प्राविधिक पक्षमा शैलेन्द्र डी कार्कीले छायांकन, राजु रेग्मी मगर लाइन प्रोड्युसर र महेश बराल मुख्य सहायक निर्देशकको रुपमा रहेका छन्। फिल्मको संगीत एसडी योगी र सरिता राईले तयार पार्दैछन् भने गीतको रचना सुरेन्द्र राना र राम अविरल विष्टले गरेका छन् । निर्देशक मगरको डेब्यु निर्देशन रहेको फिल्म ‘खुस्मा’मा समावेश ‘रुकुम मैकोट’ बोलको गीतले युट्युबमा छोटो समयमै अर्थात् ५ महिनामै दश करोड भ्युज प्राप्त गरी ऐतिहासिक रेकर्ड कायम गरेको थियो, जसले गर्दा ‘जलाकी’ प्रति दर्शकको अपेक्षा झनै बढेको छ ।

अगाडिकाे पाेस्ट

धुर्मुस-सुन्तलीको पर्दामा पुनरागमन, ३ करोड बढी लगानीमा ‘पाँच पाण्डव’ बन्ने

अर्काे पाेस्ट

धरानमा ‘उनको स्विटर साँझ’ आयोजना हुने, पुर्वमा पहिलो पटक लाइभ गुन्जिदै सुजन चापागाईं

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana