इटहरी/ नेपाली सांगीतिक क्षेत्रमा नयाँ र भावनात्मक रंग थप्दै गायक तथा संगीतकार मनिपाल राईको संगीत संयोजन र चर्चित गायक प्रमोद खरेलको स्वरमा सजिएको गीत ‘पिडा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार पासाङ तामाङको मर्मस्पर्शी शब्द रचना यो गीतमा समावेश गरिएको छ । सार्वजनीक म्युजिक भिडियोले समलिङ्गी सम्बन्धको कथालाई संवेदनशील र सशक्त रूपमा प्रस्तुत गरेको छ ।
मुनाल सिशिर कोइरालाको निर्देशनमा तयार भएको भिडियोमा बिक्रम बुढाथोकी, कुसुम कुँवर र तुलसी खड्काको अभिनयले कथालाई थप जीवन्त बनाएको छ । काठमाडौं र भक्तपुरका मनोरम स्थानहरूमा छायांकन गरिएको यो भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् । हेर्नुस् भिडियो ।
एनपी म्युजिक मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो म्युजिक भिडियोले सामाजिक सन्देशसहित मनोरञ्जन प्रदान गरेको छ । निर्माण टोलीले यो गीतले समलिङ्गी समुदायको भावना र अनुभवलाई सम्मानजनक ढङ्गले प्रस्तुत गरेको बताएको छ । यो सिर्जनाले नेपाली सांगीतिक बजारमा नयाँ आयाम थप्ने र दर्शक-श्रोताबाट माया पाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।
@parikalanewsofficial














Discussion about this post