इटहरी/ नयाँ वर्षको अवसर पारेर काठमाडौंको सिटी सेन्टरमा अत्याधुनिक १८डी सिनेमा सुरु गरिएको छ, जसको भव्य उद्घाटन नेपाली सिनेक्षेत्रका महानायक राजेश हमालले गरे । रिबन काटेर फिल्म सुरु गराएका हमाल आफैंले पनि १८ डी प्रविधिको अनुभव लिएर ‘पहिलोपटक यस्तो रोमाञ्चक अनुभूति भएको’ बताए ।
सिटी सेन्टरको तेस्रो तलामा सञ्चालनमा ल्याइएको यस प्रविधियुक्त फिल्म एकपटकमा १० जना मात्र दर्शक अट्ने खालको छ, जसमा फ्लाईओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङको संयोजन छ । १८ डी सिनेमामा दर्शकले दृश्य, ध्वनि, गति, हावा र कम्पनको संयोजनमार्फत आफूलाई नै कथा वा घटनाभित्र भएको अनुभूति गर्न सक्नेछन् ।
@parikalanewsofficial
यो प्रविधिबाट फिल्म हेर्दा डायनासोरको युग, समुद्रको गहिराइ, अन्तरिक्षको युद्ध वा जंगल एड्भेन्चरजस्ता विविध र साहसिक कथामा ५ देखि ३० मिनेटको छोटो अवधि भित्रै यात्रा गर्न सकिन्छ । सञ्चालक हिमाल गुरुङका अनुसार सम्पूर्ण उमेर समूहका दर्शकलाई लक्षित गरी निर्माण गरिएको यो हल काठमाडौंको मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षाका साथ सुरु गरिएको हो । रोमाञ्चक र नयाँपनको अनुभव लिन चाहने दर्शकले प्रवेश शुल्क ३ सय रुपैयाँ तिरेर यो हलमा फिल्म अवलोकन गर्न सक्नेछन् ।














Discussion about this post