Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘द महावीर’का लागी नयाँ कलाकारको खोजी

✍ परिकला न्यूज
बैशाख १, २०८२ मा प्रकाशित
फिल्म ‘द महावीर’का लागी नयाँ कलाकारको खोजी

इटहरी/ लक्षरा फिल्सको प्रस्तुतिमा बन्न लागेको नेपाली फिल्म ‘द महावीर’ले विभिन्न भूमिकाहरूका लागि नयाँ कलाकारको खोजी गर्दै कास्टिङ कल गरेको छ । निर्माण टिमले नयाँ अनुहारलाई प्राथमिकता दिने जनाएको छ । फिल्ममा हेरचाह गर्ने भूमिकाका लागि ३० देखि ४० वर्ष उमेर समूहकी जनजाति महिला, २० देखि २५ वर्ष उमेर समूहकी हल्का कालो मुहार भएकी राम्री र नृत्यमा पोख्त कलाकारको आवश्यकता रहेको छ ।

यसैगरी, हल्का कालो छाला भएको मिक्स जनजाति फेस देखिने १० देखि १२ वर्ष उमेरको पुरुष कलाकार, ६ फिट अग्लो र एथलेटिक्स जस्तो शरीर भएको ३५ देखि ४० वर्षको आर्य पुरुष कलाकारको पनि माग गरिएको छ । निर्माण पक्षले ४० देखि ५० वर्ष उमेर समूहकी फ्याट एन्ड लेजी लुक्स भएकी जनजाति महिला, २५ देखि ३० वर्ष उमेर समूहको फिट बडी भएको जनजाति लुक्सको पुरुष, ६ फिट अग्लो फिट एन्ड फाइन देखिने २५ देखि ३० वर्ष (एथलेट्स) को आर्य पुरुषको समेत आवश्यकता जनाएको छ ।

@parikalanewsofficial

यस्तै, बोल्ड एन्ड कमान्डिङ ६० देखि ६५ वर्ष उमेरको जनजाति पुरुष, ५० देखि ६० वर्षको अग्लो र स्वस्थ जनजाति अनुहार भएको पुरुष कलाकारको खोजी गरिरहेको छ भने गोरो छाला भएको दृष्ट र धुर्त देखिने ५० देखि ६० वर्षको आर्य पुरुष कलाकार र स्मार्ट लुकिङ ७ देखि १० वर्ष उमेरको आर्य बालक कलाकारको पनि आवश्यकता रहेको निर्माण टिमले जनाएको छ ।

अनुभवी र नयाँ कलाकार दुवैलाई अवसर दिइने र राम्रो अभिनय गर्नेलाई प्राथमिकता दिइने बताइएको छ । इच्छुक कलाकारले पहिलो चरणमा एक मिनेटको भिडियो वैशाख १ गतेदेखि ३ गतेसम्म पठाइसक्नुपर्नेछ । दोस्रो चरणमा डिजिटल अडिसनबाट छानिएका कलाकारलाई फिजिकल अडिसनका लागि बोलाइनेछ ।

निर्देशक जिबी आग्रीले निर्देशन गर्ने यो फिल्मको कथावस्तु स्पष्ट नपारिए पनि सार्वजनिक थिम पोस्टरले युद्धको पृष्ठभूमिमा आधारित रहेको अनुमान लगाउन सकिन्छ । रातो र गाढा रङ प्रयोग गरिएको पोस्टरमा दुई बलिया घोडा दौडिरहेको र दुई व्यक्ति आमनेसामने भएको देखिन्छ । बीचमा रातो कपडाले बेरिएको ठूलो तरवार कसैले उठाउन लागेको जस्तो देखिन्छ । फिल्मको स्लोगन ‘राइज फाइट कन्क्वेर’ (उठ, लड र जित) ले पनि द्वन्द्वलाई संकेत गर्छ ।

फिल्मको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका हुन् । कृष्ण बिके, बिआर रेड्डी र सन्तोष लुहार निर्माता रहेको फिल्ममा रम्भा देवी र लक्ष्मण बिके सह-निर्माता छन् भने वरिष्ठ संगीतकार सुरेश अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सरण रिसीले छायांकनको जिम्मा लिएका छन् । हिन्दी र नेपाली भाषामा निर्माण हुने यो फिल्ममा डल्बी एटमस साउन्ड प्रयोग गरिने निर्माण पक्षले जनाएको छ । फिल्मको प्रदर्शन मिति भने अझै सार्वजनिक गरिएको छैन ।

अगाडिकाे पाेस्ट

कार्साङ निर्देशक याम शेर्पाले गरे ‘मिरमिरे’को घोषणा

अर्काे पाेस्ट

फिल्म ‘पहाड’ कात्तिक ७ गते अर्थात तिहारको भोलिपल्ट देखि प्रदर्शनमा आउने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana