इटहरी/ दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर र केकी अधिकारी जस्ता चर्चित कलाकारको अभिनय रहेको प्रतीक्षित फिल्म ‘डबल ट्रिपल’ अब फागुन १ गते अर्थात भ्यालेनटाइन डेको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । निर्देशक अशोक शर्माले नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दसैंमा धेरै फिल्महरू आउने भएपछि हामीले सहमतिमा सीमित फिल्म मात्र ल्याउने प्रस्ताव राख्यौं । तर कोही पनि तयार नभएपछि अब ‘डबल ट्रिपल’ २०८२ फागुन १ गते रिलिज हुनेछ।’ यसअघि यो फिल्मलाई दशैंको फूलपातीमा प्रदर्शन गर्ने तयारी थियो ।
तर फिल्मको भीडभाडका कारण प्रतिस्पर्धाबाट जोगिन भन्दै निर्माण पक्षले मिति सार्ने निर्णय गरेको हो । ‘डबल ट्रिपल’ मा राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरविर पंडितको समेत अभिनय रहेको छ ।
@parikalanewsofficial
फिल्मको कथा तथा पटकथा निर्देशक शर्मा र राजेश सिटौलाले संयुक्त रूपमा लेखेका हुन् । शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायांकन, राजु किराँतीको एक्सन निर्देशन तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहने फिल्ममा नगेन्द्र घिमिरे निर्माण नियन्त्रकका रूपमा छन् । किरण शर्मा पौड्याल, कीर्ति शर्मा र अंकित शर्मा निर्माताको रूपमा रहेका छन् ।















Discussion about this post