इटहरी/ नेपाली युवा निर्देशक जेसन लोप्चनले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने अर्को महत्वपूर्ण अवसर पाएका छन् । विश्वकै प्रतिष्ठित फिल्म स्कूल मध्ये एक मानिने बुसान एसियन फिल्म स्कूलमा उनी नेपालबाट छात्रवृत्तिमा छानिने भाग्यमानीमध्येमा परेका छन् । यो विद्यालयले एसियाका विभिन्न मुलुकबाट प्रत्येक वर्ष केवल १८ जना युवा फिल्मकर्मीहरूलाई मात्र छान्दै आएको छ ।
छनौटमा परेपछि जेसन अहिले दक्षिण कोरियाको बुसानमा छन्, जहाँ उनी आगामी ८ महिनासम्म अन्तर्राष्ट्रिय निर्माताहरूको साथमा बसेर आफ्नो दोस्रो फिल्मको तयारीमा जुट्ने छन् । फिल्मको सम्पूर्ण तयारी, पटकथा लेखनदेखि निर्माण कार्यसम्म कोरिया मै हुनेछ भने छायांकन भने सन् २०२६ मा नेपालमै गरिने निर्देशक लोप्चनले बताएका छन् ।
नेपालमा पहिलो पटक आइफोन प्रयोग गरेर फिल्म बनाउने साहस देखाएका जेसनको पहिलो फिल्म “A Place Under the Sun” हाल MSM Video मा उपलब्ध छ ।
@parikalanewsofficial
यसअघि उनी मेयर बालेन शाहको चर्चित गीत ‘मार्फाको मदिरा’को भिडियो निर्देशन गरेर पनि चर्चा कमाइसकेका छन् । विश्वमै चर्चित फिल्म स्कूलमा नेपाली प्रतिनिधित्व गर्नु सानो उपलब्धि पक्कै होइन । यसले जेसन लोप्चनको क्षमता मात्र होइन, नेपाली फिल्मको सम्भावनालाई पनि अन्तर्राष्ट्रिय पाटोमा थप उजागर गरिदिएको छ ।















Discussion about this post