Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’को तस्बिर सार्वजनिक

✍ परिकला न्यूज
चैत्र १६, २०८१ मा प्रकाशित
फिल्म ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’को तस्बिर सार्वजनिक

इटहरी/ आगामी जेठ २ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘हेल्लो काँशीराम’को प्रचार अभियान दिनप्रतिदिन आक्रामक बन्दै गएको छ । केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गरेर प्रचार प्रारम्भ गरेको निर्माण टिमले अहिले फिल्मको गीत ‘झ्यामकी मादल झ्याम’को तस्बिर सार्वजनिक गर्दै प्रचारलाई थप गति दिएको छ । सार्वजनिक तस्बिरमा अभिनेता दिलिप रायमाझीसँग अभिनेत्री प्रियंका कार्कीको नृत्य दृश्य देख्न सकिन्छ ।

काठमाडौंमा विशेष सेट निर्माण गरी छायांकन गरिएको यस गीतमा ६४ जना कोरस डान्सर रहेका छन् भने, कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् । प्रताप दास र मेलिना राईको स्वर रहेको गीतलाई नयाँ वर्ष लक्षित गरी सार्वजनिक गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ । फिल्मको फस्टलुक पोस्टरले दर्शकको ध्यान तानेको छ । पोस्टरमा दिलिप रायमाझी काँधमा बोका बोकेर हिँडिरहेको देखिन्छ, जसले फिल्मलाई कमेडी शैलीको बनावट दिएको संकेत गर्छ ।

रिम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्ममा दिलिप रायमाझीसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई ‘फुलन्देको आमा’, अर्जुन गुरुङ, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा प्रियंका कार्कीको विशेष भूमिका रहेको बताइएको छ, तर निर्माण टिमले यसबारे थप विवरण खुलाएको छैन ।

रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता पी.बी. थापा हुन् । यम आलेले छायांकन गरेको फिल्ममा द्वन्द्व निर्देशन शंकर महर्जन, सम्पादन मित्र डी. गुरुङ, संगीत संयोजन नरेन्द्र वियोगी र विपिन आचार्यले गरेका छन् । पार्श्व संगीत शाश्वत श्रेष्ठको रहेको छ । निर्देशक रिम विश्वकर्माले ‘हेल्लो काँशीराम’ कमेडी जनरामा बनेको भए पनि फिल्ममा भावनात्मक पक्षहरू पनि समेटिएको बताएका छन् । सम्पादनको सम्पूर्ण काम पूरा भइसकेको र केही हप्ताभित्र फिल्मको सार्वजनिक सामग्री बाहिर ल्याउने तयारी भइरहेको निर्माण टिमले जानकारी दिएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ आइतबार सार्वजनिक हुने, रोमान्टिक प्रकाश र स्वस्तिमा

अर्काे पाेस्ट

स्वस्तिमा, प्रियंका, नीति, सृष्टि, आना, नम्रता लगायत चर्चित सेलिब्रेटी एउटै र्याम्पमा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana