इटहरी/ फिल्म ‘अञ्जिला’की प्रमुख कलाकार तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार बिहानै ग्रिसबाट काठमाडौं आइपुगेपछि सोझै दर्शकमाझ पुगिन् । काठमाण्डौका विभिन्न हलहरूमा उनी फिल्म हेर्न आएका दर्शकहरूसँग भेटघाट गर्न पुगेकी हुन् ।
ठमेलस्थित छायाँ सेन्टरको क्युएफएक्स फिल्म हलमा पुग्दा दर्शकहरूले उठेर उनको भव्य स्वागत गरेका थिए । काठमाडौंमा भइरहेका विभिन्न प्रदर्शन तथा ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहँदा पनि उनले हल पुगेर दर्शकहरूसँग समय बिताइन् । तर, अहिले काठमाडौँको स्थिति तनावग्रस्त रहेका कारण अर्को सुचना नआएसम्मको लागि अन्जिला फिल्मको हल भिजिट स्थगित गरिएको फिल्म निर्माण युनिटले जनाएको छ ।















Discussion about this post