इटहरी/ नेपाली फिल्म क्षेत्रका लोकप्रिय तथा सफल निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले मोडलको रूपमा डेब्यु गरेकी छन् । उनको पहिलो अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ्ग र्याइँ र्याइँ’ सार्वजनिक भएको हो । आफ्नी छोरीले अभिनय गरेर आफूलाई सरप्राइज दिएको निर्देशक शर्माले प्रतिक्रिया दिएका छन् ।
यसअघि ‘पानीफोटो’ र ‘रातो टीका निधारमा’ फिल्ममा सहायक निर्देशकको रूपमा अनुभव हासिल गरेकी कृतिले अभिनय यात्राको थालनी यही गीतबाट गरेकी हुन् । तर, उनको झुकाव निर्देशनमा रहेको छ । उनले भिडियोमा मोडल तथा निर्देशक सुनिल क्षेत्रीसँग स्क्रिन शेयर गरेकी छन् । गायक बसन्त थापा र एलिना चौहानको स्वर रहेको गीतमा वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्द र अभि वाग्लेको कोरियोग्राफी रहेको छ । हेर्नुस् भिडियो ।
भिडियोमा सुरवीर पण्डितको पनि अभिनय रहेको छ । छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन अमृत चापागाईले गरेका छन् । डेब्युबारे कृतिले भनिन्, “सुनिल क्षेत्रीको अफर मनपर्यो, हाम्रो क्यामेष्ट्री मिलेकाले अभिनय गर्न सहज महसुस भयो । आगामी दिनमा राम्रो म्युजिक भिडियो आए अभिनय गर्नेछु । तर मेरो प्रमुख लक्ष्य भनेको निर्देशन हो ।”















Discussion about this post