इटहरी/ म्युजिक भिडियोहरु निर्देशन गरिरहेका माइकल चन्दले फिल्म निर्देशनमा होमिएका छन् । उनको निर्देशनमा बन्ने फिल्म ‘राम नाम सत्य’मा मुख्य भूमिका नायक विराज भट्टले निभाउने भएका छन् । लामो समयदेखि आफ्नै होम प्रोडक्सनका फिल्महरूमा केन्द्रित रहेका विराजले ‘१२ गाउँ २’ बनाउने चर्चाको वावजुद यो फिल्म साइन गरेका हुन् । यो खबरले तत्काल ‘१२ गाउँ २’ निर्माण नहुने बुझिएको छ ।
‘राम नाम सत्य’ फिल्मको कथा निर्देशक स्वयं माइकल चन्दले लेखेका हुन । जसमा एक्सन, लभ स्टोरी र कमेडीको मिश्रण रहनेछ । विराज र निर्माण टिमबीच सम्झौता भइसकेको छ र कथा मन परेपछि विराजले यसमा काम गर्न राजी भएको भनाई छ । यो फिल्मको छायांकन आगामी वर्षबाट सुरु गर्ने योजना रहेको छ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने फिल्ममा उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेको छ ।
फिल्मको कार्यकारी निर्माताका रूपमा नरेन्द्र शाह र सन्तोष अर्याल रहनेछन् । निर्देशक चन्दका अनुसार फिल्मलाई विशेष बनाउनका लागि प्रि-प्रोडक्सनमा समय खर्चिएको छ । विराज भट्टले पनि यस प्रोजेक्टलाई लिएर उत्साह व्यक्त गरेका छन् । फिल्मका अन्य कलाकारको टुंगो लागिसकेको छैन, तर निर्माण पक्षले मल्टिस्टारर कास्टिङ रहने जानकारी गराएको छ ।















Discussion about this post