Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘हेल्लो काशिराम’को फस्टलुक पोस्टर सार्वजनिक, जेठ २ गते प्रदर्शन हुने

✍ परिकला न्यूज
फाल्गुन २७, २०८१ मा प्रकाशित
‘हेल्लो काशिराम’को फस्टलुक पोस्टर सार्वजनिक, जेठ २ गते प्रदर्शन हुने

इटहरी/ नयाँ नेपाली फिल्म ‘हेल्लो काशिराम’ले गुपचुप रूपमा निर्माण पूरा गरेपछि एकैसाथ फस्टलुक पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको छ । निर्माण टिमका अनुसार यो फिल्म २०८२ जेठ २ गते रिलिज हुनेछ । सार्वजनिक पोस्टरले फिल्मप्रति दर्शकको उत्सुकता बढाएको छ । पोस्टरमा चर्चित अभिनेता दिलीप रायमाझी बोको बोकेर हिँडिरहेको देखिन्छ, जसले फिल्म हास्यप्रधान हुने संकेत गर्छ ।

हाल यो फिल्मको कथावस्तु गोप्य राखिएको छ, तर टिजर चाँडै सार्वजनिक गर्ने तयारी छ । फिल्ममा दिलीप रायमाझीसँगै सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालुको विशेष अभिनय रहेको छ । साथै, अभिनेत्री प्रियंका कार्की विशेष गेस्ट भूमिकामा रहनेछिन्, जसले फिल्मलाई थप आकर्षण दिने अपेक्षा गरिएको छ ।

रिम विश्वकर्माद्वारा लिखित तथा निर्देशित यो फिल्म रेडलाइन फिल्मस् प्रा.ली को ब्यानरमा निर्माण भएको हो । निर्माता पी.बी. थापा रहेको फिल्मको छायांकन यम आलेले गरेका हुन् । करिब डेढ करोडको लागतमा निर्माण भएको फिल्मको सम्पादन तथा रंग संयोजन मित्र डी. गुरुङले गरेका छन् । फिल्मको नृत्य निर्देशन कविराज गहतराज, द्वन्द्व निर्देशन शंकर महर्जन र संगीत संयोजन नरेन्द्र यिबोगी र विपिन आचार्यले गरेका छन् । गीतमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार, अनिक गिरीको आवाज रहनेछ ।

चर्चित गायक-गायिकाहरूको सहभागिताले संगीतलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । फिल्मको प्रचार तथा अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्टको जिम्मा सेलिब्रेटी टाइम्स प्रा.ली ले लिएको छ । नेपाल मात्र नभई विदेशमा रहेका नेपाली दर्शकमाझ समेत फिल्मको पहुँच पुर्‍याउन डिजिटल र पारम्परिक माध्यम प्रयोग गरिनेछ । निर्देशक रिम विश्वकर्माले फिल्मको प्रचार अभियान छिट्टै सुरु गर्ने जानकारी दिएका छन् ।

उनले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् । उनका फिल्महरू नेपाली मौलिक कथावस्तु, सामाजिक यथार्थता र मनोरञ्जनको संयोजनका कारण दर्शकमाझ रुचाइएका छन् । अब, ‘हेल्लो काशिराम’ ले दर्शकमाझ कस्तो प्रभाव पार्छ ? यो टिजर सार्वजनिक भएपछि थप प्रस्ट हुनेछ । फिल्मले मन जित्छ या असफल हुन्छ ? यसको उत्तर भने प्रदर्शनपछि मात्र थाहा हुनेछ ।

अगाडिकाे पाेस्ट

‘आउटलः दफा २१९’को सरकारमाथि आक्रोशपूर्ण व्यंग्य गीत ‘अन्धो कानुन’ सार्वजनिक

अर्काे पाेस्ट

‘झिल्को’टिजर: बालबालिकामाथि मोबाइलले पार्ने प्रभावको चित्रण

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana