इटहरी/ फिल्म ‘द्रौपदी’को ट्रेलर सार्वजनिक भएको छ, जसले कर्णाली भेगको जनजीवन, संघर्ष र सुन्दरतालाई पर्दामा उतारेको छ । तीन मिनेट लामो ट्रेलरमा कर्णालीको सांस्कृतिक विशेषता, सामाजिक परिवेश र महिला संवेदनशील विषयवस्तु उजागर गरिएको छ । ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको फिल्म यसअघि ‘कर्णाली कटौला’ गीत र टिजरमार्फत चर्चामा रहेको थियो ।
अब भने ०८ चैतबाट प्रदर्शनमा आउन लागेको ‘द्रौपदी’ को ट्रेलर सार्वजनिक गरिएको हो । रिलिज हुनुअघि नै केही अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट भएको यो फिल्म मुख्य रूपमा डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीका विभिन्न स्थानमा खिचिएको छ । हेर्नुस् ट्रेलर ।
ट्रेलरमा निर्देशक तथा मुख्य अभिनेता ऋषिराज आचार्य, अभिनेत्री आश्विनी शाही, गायक रवि ओड, सुजाता तिमिल्सिना, कबिराज भाम, जेल्सन अधिकारी, बिष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतका कलाकार देखिन्छन् । फिल्मको सम्पादन अनिल महर्जनले गरेका छन् भने, पाश्र्व संगीत सौरभ शर्माको छ ।
छायांकनको जिम्मेवारी मोहनकुमार झिल्लुले सम्हालेका छन् । फिल्मका गीतमा रवि ओड र इन्द्रकला राईको आवाज रहेको छ । आर बी मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मका सहनिर्माता ऋतु आचार्य र बिष्णु ठडराई हुन् भने निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली रहेका छन् । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले संयुक्त रूपमा गर्नेछन् ।















Discussion about this post