इटहरी/ अभिनेता प्रकाश घिमीरे निर्देशक राजु गिरीको नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्याे’ मा अनुबन्धित भएका छन् । यसअघि नै शीर्ष भूमिकामा अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ फाइनल भइसकेका थिए । शनिबार निर्माण टिमले सागरको बुबाको भूमिकाका लागि घिमीरेलाई अनुबन्ध गरेको हो ।
चैत्रको तेस्रो साताबाट छायांकन सुरु गर्न लागिएको फिल्ममा सागर लम्साल, प्रकाश घिमीरेका साथै रविन्द्र झालगायत चर्चित कलाकारहरु जोडिँदै गएका छन् । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन रहेको यस फिल्ममा सावित्रा चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत र निर्मला बस्नेत निर्माता रहेका छन् ।

बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहने फिल्म उषा फिल्मसको ब्यानरमा निर्माण हुँदैछ । फिल्मका अन्य कलाकार तथा प्राविधिक चयनको काम तीव्र गतिमा भइरहेको निर्देशक गिरीले जानकारी दिएका छन् । साथै, उनले यसलाई तिहारको अवसरमा लक्ष्मी पूजाको दिन रिलिज गर्ने योजना रहेको खुलाएका छन् ।















Discussion about this post