Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘भूठान’को ‘कागजको खोस्टो’ गीत सार्वजनिक, हरिवंश आचार्यको जीवन्त अभिनय

✍ परिकला न्यूज
फाल्गुन २४, २०८१ मा प्रकाशित
‘भूठान’को ‘कागजको खोस्टो’ गीत सार्वजनिक, हरिवंश आचार्यको जीवन्त अभिनय

इटहरी/ वरिष्ठ अभिनेता हरिवंश आचार्यको बहुप्रतिक्षित फिल्म ‘भूठान’ वैशाख १२, २०८२ मा प्रदर्शन हुने तयारीमा छ । हलिउड अभिनेतासहितको यो विशेष प्रोजेक्टले हालै ‘कागजको खोस्टो’ बोलको मार्मिक गीत सार्वजनिक गरेको छ, जसले परदेशी मनको पीडा उजागर गर्छ । सार्वजनीक गीतमा पुष्पन प्रधानको स्वर, नवराज पराजुलीको शब्द र वाचन तथा रिदम कँडेलको संगीत संयोजन रहेको छ ।

सुनिल शिवभक्तिको सम्पादनमा तयार पारिएको यस गीतले घर फर्कन नपाएको पात्रको वेदना प्रस्तुत गरेको छ । “घर नफर्की मर्न पनि नमिल्ने, कालले समेत ताकेता गर्न नमिल्ने” भन्ने मार्मिक भावले गीतलाई अझ भावुक बनाएको छ । गीतको भिडियो नवराज पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ, जहाँ हरिवंश आचार्यको जीवन्त अभिनय र सुसन प्रजापतिको उत्कृष्ट छायांकन देख्न सकिन्छ ।

यसअघि सार्वजनिक भएको ‘भूठान’ को टिजरले फिल्मप्रेमीमा उत्सुकता जगाइसकेको छ । ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ शीर्षकअन्तर्गत अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरिएको यस फिल्ममा हरिवंश आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द-लामा, रिचा घिमिरे, जोयस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको पनि अभिनय छ । हेर्नुस् गीत ।

भूटान, नेपाल हुँदै अमेरिका पुगेका भूटानी समुदायको देशप्रेम, पहिचान र आफ्नो थातथलो छोड्नुपर्दाको पीडा ‘भूठान’ ले बयान गर्नेछ । हलिउडको ‘साग अफट्रा’ अन्तर्गत बनेको पहिलो नेपाली फिल्मको रूपमा यसले विशेष महत्व बोकेको छ । फिल्मका निर्देशक विनोद पौडेल हुन्, जसले ‘बुलबुल’ निर्देशन गरेर ख्याति कमाएका थिए । निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन्, भने कार्यकारी निर्मातामा विकास भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट र अपार श्रेष्ठ छन् ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनि, समवरण केमको संगीत, सुर्य शाहीको कास्टिङ, उज्ज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन तथा बलिउडका चर्चित कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ । ‘भूठान’ ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अवेकन प्रोडक्सन (नेपाल) र म्याड मंकी फिल्म्स (अमेरिका) को सहकार्यमा निर्माण भएको हो ।

अगाडिकाे पाेस्ट

नेपालमा फिल्म ‘अन्जिला’को पहिलो भव्य प्रीमियर धरानमा सम्पन्न

अर्काे पाेस्ट

प्रदर्शनरत फिल्म ‘होस्टेल ३’को क्लब गीत रिलिज, आश्मा विश्वकर्माको दमदार नृत्य

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana