Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेपालमा फिल्म ‘अन्जिला’को पहिलो भव्य प्रीमियर धरानमा सम्पन्न

✍ परिकला न्यूज
फाल्गुन २४, २०८१ मा प्रकाशित
नेपालमा फिल्म ‘अन्जिला’को पहिलो भव्य प्रीमियर धरानमा सम्पन्न

इटहरी/ नेपालमा फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अन्जिला’को पहिलो नेपाली प्रीमियर धरानमा सम्पन्न भएको छ । नेपाली फिल्महरुको पहिलो प्रीमियर काठमाडौंमा गर्ने परम्परालाई तोड्दै निर्माण टिमले मोफसलमै रेड कार्पेटसहित ग्राण्ड प्रीमियर आयोजना गरेको हो । धरानस्थित फ्रेण्ड्स सिनेमाजमा सम्पन्न प्रीमियर कार्यक्रममा चलचित्रकर्मी, खेलाडी तथा स्थानीय व्यवसायीको उल्लेखनीय उपस्थिति देखियो ।

यसअघि हङकङ र बेलायतको एल्डरसटस्थित एम्पायर हलमा ग्राण्ड प्रीमियर गरिसकेको यस फिल्मलाई नेपालमै पहिलो पटक धरानमा भव्य रुपमा प्रीमियर गरिएको हो । हल विशेष रूपमा सजाइएका साथै रेड कार्पेट ओछ्याइएको थियो । यद्यपि, मुख्य अभिनेत्री अन्जिला तुम्बापो लिम्बु र अन्य प्रमुख कलाकार उपस्थित हुन सकेनन्, तर कलाकार प्रकाश सुब्बा र बालकलाकार नमिक्षा मगरले प्रीमियरमा सहभागिता जनाए ।
‘अन्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पोको जीवनमा आधारित बायोपिक फिल्म हो ।

फिल्म हेरेका दर्शक भावुक बनेका थिए, कतिपय हलमै रोएको दृश्यले फिल्मले गहिरो प्रभाव छोडेको संकेत गर्छ । फिल्मकर्मीहरुले अन्जिलाको अभिनयको खुलेर प्रशंसा गरे । निर्देशक मिलन चाम्सका अन्य फिल्महरूमध्ये ‘अन्जिला’ उत्कृष्ट रहेको प्रतिक्रिया समेत दिए । बालकलाकार नमिक्षा मगरले फिल्म हेर्दा अन्जिला दिदीको संघर्ष देखेर आँसु थाम्न नसकेको बताइन् । प्रीमियर कार्यक्रममा निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, राजेश बगडिया, र निर्देशक मिलन चाम्स समेत उपस्थित थिए ।

दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि निर्माता श्रेष्ठ भावुक बने । उनले हङकङ, युके र कोरियामा फिल्म अत्यधिक रुचाइएकाले नेपालमा पनि राम्रो प्रतिक्रिया आउनेमा विश्वस्त रहेको बताए । निर्देशक मिलन चाम्सको तेस्रो बायोपिक फिल्मका रूपमा ‘अन्जिला’ लाई लिइएको छ । यसअघि उनले ‘ब्लाइन्ड रक्स’ र ‘बबी’ निर्देशन गरिसकेका छन् । इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको यो फिल्मले अन्जिलाको संघर्ष र सफलताको कथा प्रस्तुत गर्छ ।

इच्छाशक्ति भए असम्भव केही छैन भन्ने प्रेरणादायी सन्देश बोकेको फिल्ममा अन्जिलाका साथै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारको अभिनय छ । ‘अन्जिला’ मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म हो । प्रेम कुमार श्रेष्ठ निर्माता तथा प्रमुख अभिनेता हुन् भने विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता छन् । सिनेमाटोग्राफी सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।

अगाडिकाे पाेस्ट

इटहरीमा ‘इण्टरनेशनल पिपुल्स थिएटर फेष्टिवल’ सुरु, यी हुन् आज मञ्चन गरिने नाटकहरू

अर्काे पाेस्ट

‘भूठान’को ‘कागजको खोस्टो’ गीत सार्वजनिक, हरिवंश आचार्यको जीवन्त अभिनय

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana