Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इटहरीमा ‘इण्टरनेशनल पिपुल्स थिएटर फेष्टिवल’ सुरु, यी हुन् आज मञ्चन गरिने नाटकहरू

✍ परिकला न्यूज
फाल्गुन २४, २०८१ मा प्रकाशित
इटहरीमा ‘इण्टरनेशनल पिपुल्स थिएटर फेष्टिवल’ सुरु, यी हुन् आज मञ्चन गरिने नाटकहरू

इटहरी/ कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा इटहरीमा ‘इण्टरनेशनल पिपुल्स थिएटर फेष्टिवल–२०२५’ आयोजना सुरू भएको छ । एशियन पिपुल्स थिएटर फेष्टिवल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा यही फागुन २३ गते शुक्रबार देखि महोत्सव सुरु भएको हो । २५ गतेसम्म आयोजना हुने महोत्सव उद्घाटन समारोहको प्रमुख अतिथिको रुपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की रहेका थिए ।

इटहरी म्याट्रिक्स परिसरस्थित नव निर्मित सांस्कृतिक भवन (थिएटर हल) मा यो महोत्सव सुरु भएको हो । काठमाडौं, इटहरी र धनकुटामा आयोजना हुने यस महोत्सवमा १३ भन्दा बढी राष्ट्रका थिएटर समूहका ४४ जना विदेशी रंगकर्मी तथा संस्कृतिकर्मीको सहभागिता रहनेछ । विभिन्न नाटक प्रदर्शन, कार्यशाला तथा सांस्कृतिक आदान–प्रदानका गतिविधिहरू समेटिएको यो महोत्सवले कोशी प्रदेशको पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

कोशी प्रदेशमै पहिलो पटक आयोजना सुरू भएको अन्तराष्ट्रिय नाटक महोत्सवको स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीले गरिरहेका छन् । साथै, कोशी प्रदेशका विभिन्न जिल्लामा क्रियाशील २० भन्दा बढी रंगसंस्थाहरूको सहकार्य रहेको छ । महोत्सवअन्तर्गत विदेशी नाटक प्रदर्शनसँगै स्थानीय प्रस्तुति तथा रंगमञ्चसम्बन्धी कार्यशालाहरू आयोजना गरिनेछ । फागुन २३ गते उद्घाटन पश्चात अरण्यक नाट्य दलले ‘टुम्बा एण्ड नेभर’, ड्रामा बक्सले ‘सिक्स माइक्रो लेक्चर्स अन जेनोसाइड’ र म्याट्रिक्सले ‘भ्रूण’ नामक नाटक मञ्चन गरेको थियो भने स्थानीय तथा विदेशी कलाकारबीच संवाद समेत भएको थियो ।

यस्तै आज फागुन २४ गते बिहान ८ बजेदेखि १० बजेसम्म साउथ कोरियाको नामोदाक मुभमेन्ट ल्याबले नाट्य कार्यशाला गर्नेछ । त्यस्तै १२ बजेदेखि २ बजेसम्म नाट्य चेतना, भारतले नाट्य कार्यशाला गर्नेछ भने साँझ ५:३० देखि ७:३० बजेसम्म ३ ओटा नाटक मञ्चन गरिनेछ । यो समयमा आर्ट फर अलले ‘टुडो’, ग्रास स्टेज थियटरले ‘बियोन्ड होप एण्ड डिस्पेयर’ र नटसुको किरिटानीले ‘द ट्रान्स बोर्डर’ नामक नाटक मञ्चन गर्नेछन् ।

महोत्सवको अन्तिम दिन अर्थात् भोलि फागुन २५ गते ‘डिसेप्सन अफ द डेमोन’ अनत्त थियटर ट्रुप, ‘इट ओण्ट बी लङ नाउ’ इण्डी ली र स्थानीय प्रस्तुति रहने आयोजकले जनाएको छ । यो महोत्सवले नेपाललाई अन्तर्राष्ट्रिय नाट्य मंचमा स्थापित गर्न योगदान पुग्ने विश्वास लिइएको छ । आयोजकहरूले यसलाई नेपालमा अन्तर्राष्ट्रिय रंगमञ्च संस्कृतिको प्रवर्द्धन गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा लिएका छन् ।

अगाडिकाे पाेस्ट

धरानमा फिल्म ‘पहिचान’को शुभ मुहूर्त, धिरेन र करिश्माले दिए मुहूर्त सट

अर्काे पाेस्ट

नेपालमा फिल्म ‘अन्जिला’को पहिलो भव्य प्रीमियर धरानमा सम्पन्न

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana