इटहरी/ नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक गायिका महेश काफ्ले र अस्मिता अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरु बिहिबार काठमाडौंमा एक भव्य समारोहका बीच धुमधाम तवरले वैवाहिक जीवनमा बाँधिएका हुन् ।
विवाह समारोहमा नजिकका आफन्त, परिवारका सदस्य र केही संगीतकर्मीको उपस्थिति रहेको थियो । विवाहअघि असार महिनामा महेश र अस्मिताले दुबईमा इन्गेजमेन्ट गरेका थिए । लामो प्रतीक्षापछि उनीहरूले प्रेमलाई नयाँ रूपमा स्वीकार्दै वैवाहिक जीवनको सुरुवात गरेका छन् ।















Discussion about this post