इटहरी/ लोकप्रिय गायक सुशान्त केसी यही फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा आयोजना हुने आफ्नै कन्सर्टका लागि तयारीमा जुटिरहेका छन् । ‘सुशान्त केसी लाइभ इन नेपाल’ नाम दिइएको यो कन्सर्ट करिब साढे दुई वर्षपछि काठमाडौं उपत्यकामा उनको पहिलो ठूलो प्रस्तुति हुनेछ ।
१५ हजारभन्दा बढी दर्शक सहभागिता गराउने लक्ष्यसहितको यस कन्सर्टमा अन्य चर्चित व्यक्तित्वहरूलाई पनि आमन्त्रण गरिनेछ । सुशान्तले विशेष रूपमा काठमाडौं महानगरका मेयर बालेन शाहलाई समेत निम्तो दिएका छन् । बालेन कन्सर्टमा सहभागी हुने अपेक्षा गर्दै, उनले मेयरसँग भेटको अनुभव पनि साझा गरेका छन् ।
सुशान्तले सामाजिक सञ्जालमार्फत बालेनसँगको भेटबारे लेख्दै भनेका छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी भयो। र्यापदेखि जिम्मेवारीसम्म-वास्तवमै लिजेन्ड! काठमाडौं कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो । आशा छ, कन्सर्टमा भेट्नेछु।’ उत्साहजनक तयारीका साथ अघि बढिरहेको यो कन्सर्ट सुशान्तका फ्यानहरूका लागि विशेष अवसर हुने अपेक्षा गरिएको छ ।















Discussion about this post