इटहरी/ नेपाली फिल्म जगतमा एक्सन हिरोको रूपमा चिनिएका सविन श्रेष्ठ यस पटक कमेडी वेब सिरिज ‘ए घरबेटी बा’ लिएर आएका छन् । काठमाडौँमा कोठा भाडामा बस्ने दुई युवक र घरबेटीको हास्यपद कथा प्रस्तुत गरिएको यस सिरिजको ट्रेलर सार्वजनिक भइसकेको छ । दिनेश खड्काको कथा तथा निर्देशनमा तयार भएको सिरिज अनु शाहले निर्माण गरेकी हुन् । अनु र सविन लामाे समयदेखि यही क्षेत्रमा छन् भने यी २ रियल प्रेमील जोडी समेत हुन् ।
यतिबेला सविन एक एक्सन फिल्मबाट कमब्याक गर्ने तयारीमा समेत रहेका छन् । बुझिएअनुसार नाम नखुलाइएको सो फिल्म केही महिनाभित्रै फ्लोरमा निस्कने छ । यो सिरिज “एक घरबेटी बा” सविनले आफ्नै नाममा खोलिएको सविन श्रेष्ठ भ्लग नामक युट्युब च्यानलमार्फत प्रसारण गर्ने तयारीमा छन् । यो सिरिजमा सविन श्रेष्ठ ‘रक्की’, दिनेश खड्का ‘एचडी’ र प्रकाश श्रेष्ठ ‘धनकाजी’ प्रमुख भूमिकामा देखिन्छन् । हेर्नुस् ट्रेलर ।
साथै, मोनिका बुढाथोकी, सिताराम दाहाल, सुलेमान शंकर ‘ईकु’ लगायतका कलाकारहरूको पनि अभिनय छ । सविन श्रेष्ठले आफू प्रायः एक्सन फिल्ममा देखिए पनि यस पटक दर्शकलाई हँसाउने उद्देश्यले कमेडी सिरिज ल्याएको बताए । ५ एपिसोड सम्म चल्ने यो सिरिजको पहिलो एपिसोड होलीको दिन सार्वजनिक हुने सविनले बताए । ‘काठमाडौं आएर संघर्ष गर्ने युवायुवतीको कथा कमेडी शैलीमा प्रस्तुत गरेका छौँ, जसले दर्शकलाई भरपूर मनोरञ्जन दिनेछ,’ उनले भने । प्रनव थापाको कथा तथा पटकथा रहेको यो सिरिजलाई सुमन बजगाईंले छायाँङ्कन गरेका छन् ।















Discussion about this post