Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

यस्तो छ मधेश आन्दोलनको कथा बोकेको फिल्म ‘राजागंज’को ट्रेलर

✍ परिकला न्यूज
फाल्गुन २१, २०८१ मा प्रकाशित
यस्तो छ मधेश आन्दोलनको कथा बोकेको फिल्म ‘राजागंज’को ट्रेलर

इटहरी/ मधेश आन्दोलनका संवेदनशील पक्षलाई उठान गर्दै निर्देशक दीपक रौनियारले निर्देशन गरेको फिल्म ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको तीन मिनेट लामो ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि मधेशमा भड्किएको आन्दोलनको कथालाई प्रस्तुत गरेको छ । ट्रेलरमा आन्दोलनका बीच अपहरणमा परेका एक सभासद् र एक प्रधानाध्यापकका छोरालाई बचाउन प्रहरीले सञ्चालन गरेको अप्रेसन देखाइएको छ ।

प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिएकी अभिनेत्री आशा मगराती र प्रहरी रणनीतिको सामना गरिरहेका दयाहाङ राई को टकरावले कथालाई थप रोमाञ्चक बनाएको छ । ट्रेलरले आन्दोलनको जटिलता, प्रहरी अनुसन्धान र राजनीतिक परिस्थितिलाई यथार्थपरक रूपमा चित्रण गरेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो अहिलेसम्मकै ठूलो प्रोजेक्ट भएको बताए । उनका अनुसार फिल्ममा एक हजारभन्दा बढी मानिस संलग्न छन् र यसलाई सन् २०१५ को मधेश आन्दोलनको वास्तविक परिदृश्यमा आधारित राखेर निर्माण गरिएको छ । हेर्नुस् ट्रेलर ।

अन्तर्राष्ट्रिय महोत्सवहरूमा राम्रो प्रतिक्रिया पाएको यस फिल्मलाई नेपाली दर्शकले पनि मन पराउने विश्वास उनले व्यक्त गरे । आगामी चैत १ गते प्रदर्शनमा आउने फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता ठूला अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भई प्रशंसा बटुलिसकेको छ । भेनिस फिल्म फेस्टिभलमा १० मिनेटसम्म स्ट्यान्डिङ ओभेसन पाएको यो फिल्म कात्तिक महिनामै पाँच वटा फेस्टिभलमा देखाइएको थियो । निर्देशक रौनियारलाई अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले विश्वका ९ उदीयमान निर्देशकहरू को सूचीमा समावेश गरिसकेको छ ।

त्यस्तै, चर्चित ब्राजिलियन लेखक पाओलो कोहेलोले समेत सार्वजनिक रूपमा उनको प्रशंसा गरेका थिए । फिल्मको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेट तर्फबाट एलन आर मिलिगनको सहकार्य रहेको छ । नेपालमा यसलाई टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रूपमा वितरण गर्ने भएका छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘अञ्जिला’को ट्रेलर ट्रेन्डिङको दोस्रो स्थानमा

अर्काे पाेस्ट

सविन श्रेष्ठले ल्याउँदै ‘ए घरबेटी बा’ सिरिज, फिल्म मार्फत पुनः एक्सनमा कमब्याक गर्दै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana