इटहरी/ यदि कोही मान्छे सफलताको खुड्किला एकपछि अर्को गर्दै चढिरहेको छ भने त्यही अनुरूप दुश्मनको लाईन पनि बाक्लिदै जान्छ भन्ने उदाहरणमा पर्छन् मोडल, गायक तथा प्रफर्मर दुर्गेश थापा । त्यसैको जवाफ स्वरूप उनले गीत नै निकाले ‘दुश्मन हेरेको हेरै’ । तर, यही गीतले उनको व्यस्तता यति चुलिएको छ कि हरेक दिन जसो उनी स्टेज कार्यक्रममा देश विदेश दौडाहामा हुन्छन् । यता, उनको शैलीको आलोचना गर्नेहरु पनि बढिरहेका छन् । यसरी हेर्दा उनिमाथि प्रश्न खडा हुन्छ कि ‘दुर्गेशको दुश्मन हेरेको हेरै की बढेको बढै ?’
सोमबार दाङमा उनले प्रस्तुती दिने कार्यक्रम केही कलाकारको स्वार्थी सोच, राजनैतिक चलखेल र नियोजित रणनीतिका कारण रोकाईएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका दुर्गेशले सोमबार नै बेलुका उदयपुर गाईघाटको कार्यक्रममा आयोजकबाट अभद्र व्यवहार भोग्नुपर्यो, त्यो पनि स्टेजमै । बुझिएनुसार आयोजक मदिरामा लठ्ठा थिए । त्यही झ्वाकमा परे दुर्गेश, आफ्नो पारामा उनले दर्शक झुमाउन सकस परेको गुनासो गर्छन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक भएको छ, जहाँ आयोजक मध्येका एक व्यक्ति आएर स्टेजमा केही भन्दै गरेको देखिन्छ, उनलाई अर्को एक व्यक्तिले दुर्गेशको नजिकबाट फर्काउन खोजिरहेका छन्, तर उनी फेरि पनि केही भन्दैछन् ।

दर्शकलाई “आफ्नो आफ्नो ठाउँमा राम्रोसँग नाचौं है” भन्दैगर्दा दुर्गेशले आफूलाई डिस्टर्ब भएको महसुस गर्छन् र सो व्यक्तिलाई “तपाईं आएर डिस्टर्ब किन गरिरा” भन्दै माइक्रोफोन सो व्यक्तिलाई थमाउँछन् र ब्याकस्टेज तिर लाग्छन्। ती व्यक्तिले झर्किदै माइक्रोफोनबाट दुर्गेशलाई जानुस् तपाईं भन्दै आजको कार्यक्रम सकियो भन्छन् । उनी यतिमै रोकिँदैन, दूर्गेशलाई पछ्याउँदै “तपाईंले जे भन्यो त्यही हुने ? सुरक्षाको जिम्मेवारी तपाईँले नलिने ?” भन्दै प्रश्न गर्छन् । सायदै एक कलाकारले कार्यक्रमको सुरक्षाको जिम्मेवारी लिँदैनन् । त्यो जिम्मेवारी आयोजकको हुन्छ, एक कलाकारलाई माइक्रोफोनबाटै दर्शक सामुन्ने यस्तो शैलीको अभद्र व्यवहार शोभनीय हुँदैन । एकैछिन् भनाभन परेपछि दुर्गेश उही जोशमा दर्शक झुमाउन् थाल्छन् । तर, यस्ताे अभद्र व्यवहार आयोजकले गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनीक हुँदा आयोजकमाथि प्रश्न खडा भएको छ ।
यस्तै दुर्गेशले दाङको कार्यक्रम रोकिनुमा गायिका ज्योति मगरप्रति लक्षित गरेको देखिन्छ । दूर्गेशको स्ट्याटस अघि ज्योतिले आफ्नो फेसबुकमा दुर्गेशको नाम नै तोकेर “आज दाङ को तुलसीपुर महोत्सव मा चर्चित कलाकार दुर्गेश थापा भाइ को हेलिकप्टर उड्यो कि उडेन???हल्ला खल्ला सुनियन त कतै…कमेन्ट् मा खबर गरुम त दङ्गाली सञ्चार माध्यम हरु…दुस्मन हेरेको हेरेइ होइन दुस्मन पर्खेको पर्खेइ थिय रे भन्ने हल्ला पो आयो त कता कता” भन्दै स्ट्याटस लेखेकि थिइन् ।

यता, ज्योतिको स्ट्याटसपछि दुर्गेशले लेखेको लामो स्टाटसको एक भागमा “कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ। उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो। हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ!” भन्दै लेखेका थिए । यसरी हेर्दा नै ज्योति र दुर्गेशकाे नोकझोक सामाजिक सञ्जालमा देखिएको छ । दूर्गेशले ज्योतिको नाम उल्लेख नगरेपनि झटारो त्यतै हो भन्ने प्रष्ट बुझिन्छ । ज्योती मगर र पल शाह दाङ निवासी हुन् । शाह नाबालिक लफडामा परेदेखि दुर्गेश र पलको सम्बन्ध राम्रो छैन भने यो स्ट्याटसपछि ज्योति र दूर्गेशकाे सम्बन्ध पनि राम्रो छैन भन्ने प्रष्टिएको छ ।















Discussion about this post